धरान : विजयपुर दरबार परिसरमा राखिएको राई जातिको प्रतीक चिण्डो अज्ञात समुहव्दारा तोडफोड गरी उखेलेको घट्ना विवादलाई वार्ता संवादबाट समाधान गर्ने प्रयास बिथोल्न गरिएको हुनसक्ने आशंक किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले प्रकट गरेको छ ।
विजयपुर दरबार परिसरमा भएको तोडफोडको घट्नाबारे आज सोमवार प्रेस विज्ञप्ति मार्फत दुःख व्यक्त गर्दै चुम्लुङ त्यस्तो आशङ्का प्रकट गरेको हो । वक्तव्यमा भनिएको छ ‘यस घट्नाले टुङ्गिन लागेको वार्ता बिथोल्न र विफल बनाउने नियत पनि देखिन्छ ।’
चुम्लुङ नगर अध्यक्ष तीर्थराज मादेम्बाले जारी गरेको विज्ञप्तिमा ‘किरात याक्थुङ चुम्लुङ धरानसँग राई समुदायको सामान्य विवाद विवाद बढेपछि संवेदनशीलतालाई ध्यानमा राखी विवाद समाधान गर्न वार्ता टोली मार्फत मैत्रीपूर्ण वातावरणमा माननीय हर्क साम्पाङ राईको सहरीकरणमा वार्ता संवाद हुँदै गर्दा हिजो रात अज्ञात समूहले चिण्डो उखालेर त्यहीँ फाली छोडेको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’