तिहार गीत 'मखमली फुल्यो' सार्वजनिक

  • कार्तिक २२, २०७८
  • १४० पटक पढिएको
  • कपुरी न्यूज
alt

धरान : नेपालीहरूको महान् पर्व तिहारको अवसरमा मखमली फुल्यो बोलको देउसी भैलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

दिलेन्द्र मुकारुङ राईको शब्द, मोहन मगरको सङ्गीत रहेको यस गीतको सङ्गीत संयोजन रोशन वान्तावा राईले गरेको हुन । यस गीतमा गायिकाहरू अनुका राई, सुशीला राई, प्रेमकला राई, परिवुङ राई र गायकमा हिमाल राई, भुवन मगर, निर्मल मगर, वीरेन्द्र मालाकारले स्वर दिएका छन्।

मिरा साउण्डमा रेकर्ड भएको, लैवरी लोक सांस्कृतिक समाजको युट्युब च्यानलबाट प्रशारित रहेको यस गीतका रेकर्डिस्टमा सुवास कुथुमी राई, मिक्सिङमा अनिल अधिकारी रहेका छन्। यस म्युजिक भिडियोका निर्देशक मोहन मगर हुन भने क्यामेरा र सम्पादनमा सुमन मगर रहेका छन्।

अभिनय गर्ने कलाकारमा जीवन खडका,हिमाल राई,भुवन मगर,निर्मल मगर,वीरेन्द्र मालाकार,सुशीला राई,अनुका राई,प्रेमकला राई,परिवुङ राई, दिलेन्द्र मुकारुङ राई, रोशन वान्तावा, इशा आङदेम्बे, बिमि योङ राई,हरि मगर रहेका छन्।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved