धनकुटामा एभोकाडो महोत्सव सुरु (फोटो फिचर)

  • मंसिर ४, २०७८
  • १९२ पटक पढिएको
  • ईश्वर थापा
alt

धनकुटा : घ्यु फलको रूपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्याउने उद्देश्यका साथ शनिवार देखि धनकुटामा एभोकाडो महोत्सव सुरु भएको छ ।

Avocado-8

धनकुटा जिल्लामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवर्द्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा एभोकाडो शनिवार देखि २ दिने एभोकाडो महोत्सव सुरु भएको हो । धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन हुने छ ।

Avocado-5

सुन्तला, जुनार, मुन्तला जस्ता कृषि उत्पादनमा अगाडि रहेको धनकुटाले यी उत्पादनमा बिस्तारै ह्रास आउन थालेपछि धनकुटा नगरपालिकाले एभोकाडोको खेतीमा जोड दिएको थियो । धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकहरूले उत्साहपूर्वक एभोकाडोको खेती गरिरहेका छन् ।

Avocado-6

आफ्नो जिल्लामा उत्पादन भएको एभोकाडोलाई देशका विभिन्न ठाउँमा प्रवर्द्धन गर्नका साथै नगर क्षेत्रमा उत्पादन हुने एभोकाडोको प्रचारप्रसार गर्न एभोकाडो महोत्सवको आयोजना गरिएको धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले बताए । एभोकाडो जन्य उत्पादनको प्रवर्द्धन गर्नका लागि धनकुटा नगरपालिकाले यसअघि नै पहिलो एभोकाडो महोत्सवको आयोजना गरिसकेको छ ।

Avocado-3

दुई वर्षअघि गरिएको पहिलो महोत्सवको सफलतापछि वर्षेनी आयोजनमा गर्ने भनिएको भएता पनि कोरोना महामारीका कारण गत वर्ष महोत्सवको आयोजना भएको थिएन ।

Avocado-9

यस पटकको महोत्सवमा नगर क्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकहरूलाई प्रोत्साहन स्वरूप प्रविधि हस्तान्तरण गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका छन् ।

Avocado-7

महोत्सवको दोस्रो दिन भोलि आइतबार सङ्घसंस्थाका प्रतिनिधि र सम्बन्धित क्षेत्रका सरकारी प्रतिनिधिका साथै एभोकाडो उत्पादक किसान र व्यापारीबिच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिने भएको छ । यसबाट सो क्षेत्रमा देखा परेका रोगको प्रकोप जस्ता समस्याको पहिचान र व्यवस्थापनमा टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

एभोकाडो महोत्सवको प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरे । कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता डा. राजेन्द्र उप्रेतीले धनकुटामा एभोकाडोको विकासका लागि मन्त्रालयले काम गरिरहेको बताए । उनले एभोकाडोमा विभिन्न समस्या देखापरेकाले त्यसको समाधान गर्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लागि परेको बताए ।

Avocado-4

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले एभोकाडोको बजारीकरणको लागि नगरपालिकाले काम गरिरहेको बताए । महोत्सवको अवसर पारेर धनकुटा नगरपालिकालाई एभोकाडोको राजधानी बनाउन महत्त्वपूर्ण योगदान गरेका कृषि अभियन्ता जीवनकुमार राईलाई धनकुटा नगरपालिकाले सम्मान गरेको छ ।

पहिलो एभोकाडो महोत्सवको अवसर पारेर धनकुटा–६ परिचय मोडमा करिब ३० लाख रुपैयाँको लागतमा धनकुटा नगरपालिकाले पार्कसहित एभोकाडोको प्रतिमा निर्माण गरी धनकुटालाई एभोकाडोको राजधानी घोषणा गरेको थियो ।

Avocado-2

हाल धनकुटा नगर क्षेत्रमा एभोकाडोको व्यावसायिक खेती हुने गरेको छ । घरपिच्छे एभोकाडोको बिरुवा रोपिएका छन् । नगर क्षेत्रमा एक लाख बढी एभोकाडोको बिरुवा किसानले रोपेका छन् । यीमध्ये ३० हजार एभोकाडोका बिरुवा फल दिने अवस्थामा छन् ।

१५ हजार बिरुवाले उत्पादन दिइरहेका छन् । धनकुटा नगर क्षेत्रमा एभोकाडो खेती गर्ने २ हजार ५ सय घरधुरी रहेका छन् । ती घरधुरीले रोपेको एभोकाडोको बोटले अहिले उत्पादन दिइरहेको छ ।

एभोकाडो उत्पादनमा नेपालमै अग्रपंत्तीमा आउने धनकुटामा अहिले वार्षिक दुई लाख किलो एभोकाडो उत्पादन हुने गरेको बताइन्छ । धनकुटामा करिब ३० वर्षअघि एभोकाडो खेती भित्रिएको बताइएको छ । पछिल्लो समय यस खेतीको विस्तार तीव्र रूपमा भइरहेको छ । बजारमा एभोकाडोमो मूल्य प्रतिकिलो डेढ सयदेखि तीन सय रुपैयाँ पर्छ ।

Avocado-1

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2021 - Kapurinews.com All rights reserved