धरान : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले इलामका विभिन्न शैक्षिक संस्थाहरूको अनुगमन गरेका छन् ।

शुक्रवार र शनिवार इलामको चुलाचुली र माङ्सेबुङका विद्यालय, क्याम्पहरूको अनुगमन तथा शिलान्यास गरेको मन्त्री यादवका स्वकीय सचिव देवेन्द्र यादवले जानकारी दिए ।

स्वकीय सचिव यादवका अनुसार माङ्सेबुङमा किराँत धर्म गुरु आत्मानन्द लिङ्देनको ६८ औँ जन्मोत्सवको अवसरमा शालिकको शिलान्यास, स्थानीय स्तरमा संचालित फुटबल खेलको उद्घाटन समेत गरेका छन् ।

सामाजिक विकास मन्त्री भएर पहिलो पटक इलाम पुगेका मन्त्री यादवलाई शिक्षा सेवी तथा धार्मिक अगुवाहरूले भव्य स्वागत गरेका थिए । मन्त्री यादवलाई स्थानीयवासीले स्थानीय समस्याहरूको बारेमा पनि अवगत गराएका थिए ।