धरान : झापाको कनकाई नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि २२ जना घाइते भएका छन् । आज दिउँसो साँढे १२ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु र २२ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते भएकाहरूलाई उपचारको लागी अस्पताल पठाइएकोमा उपचारको क्रममा कनकाई नगरपालिका ७ का १६ वर्षीय उत्सव पौडेलको मृत्यु भएको हो ।

अन्य घाइते भएकाहरू मध्ये ११ जनाको बि. एण्ड सी. अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।