विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २४ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३३९ जनाको पीसीआर परीक्षण गर्दा २३ र ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९, मोरङमा ५, सुनसरीमा ४, उदयपुरमा २, भोजपुर, इलाम र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ४, हल्दिबारीमा २, शिवसताक्षी, कनकाई, बाह्रदशीमा १-१, मोरङको विराटनगरमा २, कानेपोखरी, सुन्दरहरैचा र लेटाङमा १-१, सुनसरीको इटहरी र वराहक्षेत्रमा २–२, उदयपुरको उदयपुरगढी र त्रियुगामा १–१, भोजपुरको भोजपुर नगरपालिका, इलामको इलाम नगरपालिका र प्रदेश १ बाहिरका १–१ जनामा सङ्क्रमण देखिएका मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १८ महिला र २३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।