धरान : अङ्ग्रेजी नयाँ बर्ष २०२२ को अवसरमा बजाजले आफ्ना ग्राहककालागी आकर्षक अफर ल्याएको छ।
बजाजको नयाँ बाइक चढ्न चाहने ग्राहकलाई लक्षित गदै बजाजले पुरानो बाइकको मूल्यलाई नै डाउन पेमेन्टको रूपमा लिएर एक्सचेन्जको सुविधा ल्याएको हो ।
जुनसुकै कम्पनीको मोटर साइकलको अधिक मूल्याङ्कन तथा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा समेत रहेको धरानको अर्बिन एण्ड ब्रर्दश अटोका सञ्चालक अर्बिन तामाङले जानकारी दिए।
सरल फाइनान्सकालागी सवारी चालक अनुमति पत्र र सुनसरी जिल्लाको नागरिकता मात्र चाहीने उनले जानकारी दिए । यो योजना यही पुस ३० गते सम्म उपलब्ध रहेको तामाङले बताए ।



































































