धरान : धरानमा माघ १ गते देखि १० गते सम्म सप अर्डरले पहिलो पटक डिजिटल मेला लगाउने भएको छ ।

सप अर्डरले आज धरानमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । पछिल्लो समय फेरि कोरोना संक्रमणदर बढिरहेको बेलामा सप अर्डरले भिडभाड पनि नहुने र समयको बचत पनि हुने भन्दै १० दिने डिजिटल मेला आयोजना गर्न लागेको हो ।

मेलाको अवधिमा धरानका विभिन्न होटल रेष्टुरेन्टहरुसंग समन्वय गरी होटल रेष्टुरेन्टको खानेकुराहरू अनलाइनबाटै अर्डर गरेर घरमै बसी बसी स्वाद चाख्न पाइने सप अर्डरका अध्यक्ष सुमन लिम्बुले बताए ।

पत्रकार सम्मेलनमा यो महामारीमा हामीले भोगेका र देखेका कुराहरूबाट नै सिकेर यो अनलाइन होम डेलीभरि व्यवसायको सुरुवात गरेको जनाउँदै अध्यक्ष लिम्बुले भौतिक दुरी कायम गरी आफूलाई आवश्यक परेको सामाग्रीहरू सिधै आफ्नो घरमा पुर्याउने व्यवस्थाको सुरुवात पनि सप अर्डरले गरेको लिम्बुले दाबी गरे ।

डिजिटल मेला भनेको के हो ?
यो सबैमा कौतुहलताको विषय हुन सक्छ । सप अर्डर डिजिटल मेला भनेको सप अर्डर अनलाइन मेला हो ।

जसमा सबै आफूलाई आवश्यक परेको र खरिद गर्न मन लागेका कुराहरू सप अर्डरको एप अथवा वेभ साइटमा उपलब्ध हुनेछन्, । त्यसलाई इन्टरनेट प्रयोग गरी अनलाइन माध्यमबाट खरिद गर्न सकिनेछ ।

यसरी डिजिटल मेला गराउँदा भौतिक मेलामा ग्राहकहरूले पाउने सुविधा तथा सहुलियतरुपमा घरमा नै बसी बसी ग्राहकको हात हातमा पुग्नेछ । यस सप अर्डर डिजिटल मेलामा विभिन्न आकर्षक अफरहरू तथा बम्पर उपहार पनि राखिएको छ ।

मेला अवधिभर सप अर्डरसँग आबद्ध भेन्डरहरुबाट अर्डर गर्दा ६ देखि २० प्रतिशत सम्म छुटको व्यवस्था छ । यो अवधिभर धरान उपमहानगर भरिबाट अर्डर गर्ने सम्पूर्ण ग्राहकहरूलाई निःशुल्क होम डेलिभरीको सुविधा रहेको छ ।

मेलाको हरेक दिन स्पेसल फुड ड़े आयोजना हुनेछ । जसमा स्पेसल एक जना लक्की विजेताले स्पेसल फुड आइटम उपहारस्वरूप जित्नेछन् । यति मात्र नभई मेलाको अन्तिम दिन चार जना भाग्यशाली विजेताहरूले चौबीस सय सम्मको सपअडर भौचर जित्न सक्नेछन् ।

यस सप अर्डर भौचर प्रयोग गरी ग्राहकहरूले सप अर्डरसँग आबद्ध जुनसुकै होटल तथा रेष्टुरेन्टबाट आफ्नो भौचर प्रयोग गरी बिल तिर्न सक्नेछन् ।

सप अर्डर मेलाका यी अफरहरूले सम्पूर्ण ग्राहकहरूलाई समय सान्दर्भिक सहुलियत प्रदान गर्दछ भन्ने विश्वास रहेको छ ।