धरानका मेयर राईद्धारा खानेपानी आयोजनाको स्थलगत अवलोकन

  • पुष २, २०७६
  • २९७८ पटक पढिएको
  • पारस राई
alt

धरान: नवनिर्वाचित धरानका मेयर तिलक राईले धरान खानेपानी आयोजनाको स्थलगत अध्ययन तथा अवलोकन गरेका छन् ।

बुधबार बिहान मेयर राईसहितको टोलीले धरान १३ स्थित रहेको सर्दुजलाधार क्षेत्र, फुस्रेमा रहेको खानेपानी वितरण केन्द्र र चारकोसे झाडीमा रहेको कलेक्सन चेम्बर तथा पानी उत्पादन गर्ने वेलको स्थलगत अवलोकन गरेका हुन् । मेयर राईले जनताको गुनासोहरुलाई मनन् गर्दै सबै संरचनाको सुक्ष्मरुपमा अध्ययन गरेर काम अघि बढाउने बताए । अवलोकनको क्रममा मेयर राईले एकीकृत एकिकृत आयोजना, कार्यन्वयन इकाई(आइयुडिपी) प्रमुख राजु पोख्रेललाई आयोजनाको सर्दुजलाधर क्षेत्रलाई सफा राख्न निर्देशन दिए । साथै सर्दु जलाधार क्षेत्रमा पार्क बनाउन, सुरक्षाकर्मी राख्न व्यवस्थापन पनि गरिने पनि उनले बताए ।

tilak-khanepani1

आयोजना प्रमुख पोख्रेलले मेयर राईलाई आयोजनाको बारेमा सम्पूर्ण जानकारी दिदै खानेपानी आयोजनामा टेक्निकल इन्जिनियर कर्मचारीको मात्र अभाव नभएर अन्य कर्मचारीको पनि समायोजनमा अभाव भएको बताए । प्रमुख पोखरेलले कर्मचारीको अभाव हुँदा पनि काम गर्न समस्या भएको बताए । गएको सोमबार मेयर राईलाई खानेपानी आयोजनाका विषयमा गम्भिर हुन ध्यानाकर्षण गराउँदै विभिन्न ८ वटा संस्थाहरुले ज्ञापनपत्र समेत बुझाएको थियो ।

स्थलगत अवलोकनमा १८ नं. वडाका वडाध्यक्ष नरेन्द्र राई (प्रविण), नेपाली कांग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सचिव मुरारी भट्टराई, व्यापारी तथा समाजसेवी प्रेमप्रसाद पराजुली, कांग्रेसका नगर सचिव युवराज शंकर, प्राविधिक कर्मचारी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । फोटो: एल थापा

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved