ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “अन्योलमा प्रदेश नामाकरण” शीर्षकको समाचार छापिएको छ । प्रदेशसभा बैठक बसेको करिब डेढ वर्ष पुग्दा पनि सत्तारुढ नेपाल कम्युनिष्ट पाटी नेकपाको दुईतिहाइ सरकारले एक नम्बर प्रदेशको नामाकरण गर्न सकेको छैन । प्रदेशसभाले गत वैशाखमा प्रदेशको स्थायी राजधानी विराटनगर तोके पनि नाममा विवाव उत्पन्न हुँदा नामाकरण हुन सकेको छैन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहाकार धुर्व सुवेदीले अबको अधिवेशनमा नामको टुंगो लाग्ने बताए । संस्कृतिविद् डा. सोमप्रसाद खतिवडाले प्रदेशको नामाकरण गर्न ढिलाइ भइरहेको बताए । प्रदेश सरकारले नामको विषयमा बखेडा नराखी कोशी प्रदेश नामाकरण गर्नुपर्ने उनको धारणा छ । प्रदेशको नाम जातीय आधारमा राख्दा सबै जनताले स्वीकार नगर्ने हुँदा कोशी प्रदेशमा सहमति गरेर तत्काल नामाकरण गर्नुको विकल्प नरहेको उनले बताए । प्रदेश नम्बर १ का नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालले प्रदेश सरकारले अहिलेसम्म नामाकरणको विषयमा छलफल समेत नगरेको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “लोपोन्मुख गिद्ध संरक्षणमा जुट्दै” शीर्षकको समाचार छापिएको छ । जैविक विविधता र बातावरणको संरक्षण गर्ने उदेश्यका साथ सुनसरीको साविकको महेन्द्रनगर ८ हाल बराहाक्षेत्र नगरपालिका सालबनीका बासिन्दाहरु लोपोन्मुख गिद्ध संरक्षणमा जुटेका छन् । प्रकृतिलाई सफा गर्ने पंक्षीकोरुपमा लिईएको गिद्धको संरक्षणका लागि रामधुनी सामुदायिक वन उपभोत्ता समितिले २०६९ सालदेखि यो अभियान थालेका हुन् । वन उपभोत्ता समितिमा आवद्ध स्थानीय बासिन्दाहरुको पहलमा थालिएको गिद्ध संरक्षण अभियानको नाममा जटायु रेष्टुरेष्ट स्थापना गरी गिद्धलाई आहारा दिने गरिँदै आएको छ । पहिले पहिले गिद्धका लागि आहारा खोज्न जादा मरेका गाई गोरु ल्याउँदा समाजले नराम्रो नजरले हेरेको तितो अनुभुति सुनाउँदै जटायु रेष्टुरेण्ट संचालक समितिका सदस्य पुन्यमनि बरालले भने अहिले प्रकृतिलाई सफा गर्ने पंक्षीको संरक्षण गर्न पाएकोमा आफुलाई खुशी लागेको बताउँछन् । यतिबेला दैनिकजसो गिद्ध हेर्न रामधुनी सामुदायिक वनमा चरा अध्ययन र खोजी गर्नेहरु सोध्दै आउने गरेको सालबनीका बासिन्दाहरु बताउँछन् । २४८ हेक्टर क्षेत्रफलमा फैलिएको रामधुनी सामुदायिक बनको एउटा विच भागको चौरीमा मरेका गाई गोरुलाई राखिदिने र त्यही नै दैनिकजसो गिद्ध आएर आहारा खाने गरेको रामधुनी सामुदायिक वन उपभोत्ता समितिका कार्यालय सचिव कुमार खडकाले बताए । अहिले हिमाली गिद्ध र स्थानीय तराईमा पाइने दुई प्रकारका गिद्धहरु आहाराका लागि आउने गरेको खड्काले बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा “कृष्णदासको सेवापीठका महासचिवको राजिनामा” शीर्षकको समाचार छापिएको छ । आफ्नो अनुयायी एक महिलालाई बलात्कार गरेको अभियोगमा अदालतमा मुद्दा चलिरहेका विवादस्पद जगदगुरु कृष्णदास महाराजको चतराधाम स्थित जगदगुरु श्री रामानन्द आचार्य सेवा पीठका महासचिव भेषराज घिमिरेले राजिनामा दिएका छन् । पीठका प्रमुख संरक्षक कृष्णदासलाई अदालतले निर्दोष मान्न नसकिने गरि धरौटी सहित तारिखमा छाडेको र बलात्कार जस्तो गम्भीर आरोप लागेकोले आफु गलत कृयाकलापको साक्षि बस्न नसकिने व्यहोराको प्रेस विज्ञप्ति जारी गर्दै राजिनामा दिएका हुन् । प्रमुख संरक्षक कृष्णदासलाई बलात्कारको अभियोगमा जिल्ला अदालत सुनसरीले पर्याप्त प्रमाणका आधारमा निर्दोस मान्न नसकिने भन्दै ३ लाख रुपैयाँ धरौटी लिएर तारिखमा प्रहरीको नियन्त्रणबाट मुक्त गरिदिए लगतै पीठमा महासचिव घिमिरेले राजिनामा दिएका हुन् ।