झापा: प्रदेश प्रहरीको सिआइबी भन्दै नक्कली प्रहरी बनेर ठगी गर्ने दुई जनाललाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।

झापाको बाह्रदर्शी गाउँपालिका ३ स्थित राजगढ बजारमा सोही गाउँपालिका ४ चकचकीका स्थानीय व्यापारी अरफाक आलमसँग नक्कली प्रहरी बनेर ठगी गर्ने २ जना पक्राउ परेका छन् । आज दिउँसो साढे १२ बजेको समयमा गौरीगंञ्ज गाउँपालिका १ का २८ बर्षीय पर्शुराम महत्तो र सोही गाउँपालिका ३ का २० बर्षीय जिवन दासले आफुहरु १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइबी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए ।

घटनाबारे स्थानीयलाई शंका लागेपछि ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए । घटनाको जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्याउएको छ भने घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।