धरान(डेस्क): प्रदेश सरकार गठन भएको झण्डै २ बर्ष पछि प्रदेश १ मा मन्त्रीपरिषद विस्तार भएको छ ।

मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको २३ महिनापछि आज चार राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई मुख्यमन्त्री राईले आजै करिब साढे ३ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराएका थिए । मुख्यमन्त्री राईले भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा रामबहादुर मगर, पुर्वाधार विकास राज्यमन्त्रीमा अम्बिरबाबु गुरुङ, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र वन,वातावरण, उद्योग तथा पर्यटन राज्यमन्त्रीमा विजय विश्वासलाई नियुक्त गरेका छन् । विश्वास पुर्वमाओवादीका हुन् भने अन्य तीन पुर्वएमालेबाट हुन् ।

pradesh-mantri-2

आज मुख्यमन्त्री राईले मन्त्रीपरिषद विस्तार गरेपनि अझै २ मन्त्रालयमा मन्त्री भने रिक्त छ । मुख्यमन्त्री राईले पुर्वाधार विकास मन्त्रलय र भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय भने आफैसँग राखेका छन् । मन्त्रीविहिन मन्त्रायलमा उनले राज्यमन्त्री भने नियुक्त गरेका छन् । यसअघि, २०७४ फागुन २ गते मुख्यमन्त्री राईसहित आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतबहादुर कार्की, अर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो, सामाजिक विकास मन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीश कुसियैतसहित मन्त्रीपरिषद गठन भएको थियो । 

pradesh-mantri pradesh-mantri1 pradesh-mantri5