धरान : नेपाल रेडक्रस सोसाइटी धरान बाँझगरा उपशाखाको बुधबार नयाँ कार्यसमिति चयन गरिएको छ । उमेश पौडेलको अध्यक्षतामा बाँझगरा उपशाखाको नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिमा अध्यक्ष उमेश पौडेल, उपाध्यक्ष शुभेच्छा अधिकारी श्रेष्ठ, सचिव तिर्थ योञ्जन, उपसचिव ज्ञानेन्द्र बस्नेत, कोषाध्यक्ष रमिता श्रेष्ठ, उपकोषाध्यक्ष निर बहादुर कार्की चयन भएका छन् । सदस्यहरुमा उमेश थापा, गणेश कुमार सुब्बा, गणेश ब. प्रधान, कुल ब. कार्की रहेका छन् ।

४ बर्षका लागि हुने कार्यसमिति विधान संशोधन भएपछि २ बर्षका लागि नयाँ कार्यसमिती चयन गरिएको जनाएको छ । निर्वाचन अधिकारी कृष्ण भट्टराई, सुनसरी जिल्ला नेपाल रेडत्र्रmस सोसाइटी मन्त्री मुकुल कायस्थ, जिल्ला नेपाल रेडक्रस सोसाइटीका सदस्य भद्रमान गुरुङको उपस्थिति रहेको थियो । निर्वाचन अधिकारी कृष्ण भट्टराईका अनुसार मनोनयनलाई नै सर्वसहमत रुपमा पारित गरिएको हो ।