औजार : आजको औजार दैनिकमा धरानमा पहिलो पटक आकासे पुल शीर्षकको समाचार छापिएको छ । साँघुरो सडकको कारण सधै जाम भइरहने धरान १८ सिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट अगाडिको सडक आकासे पुल सहित फराकिलो बन्ने भएको छ । बन्ने सडक ड्रेन र पेटि सहितको ५० फिट चौडा बाटो बन्न लागेको हो । अस्पतालाम उपचार गर्न आउनेको चापको कारण सडक साँघुरो भएको थियो । त्यहि भएर पनि वीपी प्रतिष्ठान मुल गेट देखि टेम्पो स्टेण्ड सम्म एकसय ४० मिटर सडक फराकिलो बनाउन लागिएको वडाध्यक्ष प्रविण राईले बताए । आइतबार देखि वीपी मुलगेटबाट टेम्पो स्टेण्ड सम्मको बाटो स्काभेटरले खन्न सुरु गरिसकेको छ । यस अघि टेम्पो स्टण्ड देखि बुद्ध चौक्सम्मको सडक ५० फिट चौडा गरिसकेको छ । अहिले बन्न लागेको सडक ६२ लाख रुपैयाको लागतमा बन्न लागेको हो ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा झापाको हजार बिघा जग्गा अतिक्रमणमा शीर्षकको समाचार छापिएको छ । झापाको सरकारी, सार्वजनिक र गुठीको स्वामित्वमा रहेको एक हजार बिघाभन्दा बढी जग्गा अतिक्रमणको चपेटामा परेको सरोकारवालाले बताएका छन् । झापाको गौरादह, कन्काई, दमक, विर्तामोड, मेचीनगर, कमल र भद्रपुरमा जग्गा अतिक्रमणको समस्या भएको बताइएको छ । कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले लखनपुरस्थित सशस्त्र प्रहरीको प्रदेशस्तरीय तालिम केन्द्रको २ सय ५० बिघा र रतुवा माई वृक्षरोपण आयोजनाको ६ सय ६४ बिघा जग्गा व्यक्तिले अतिक्रमण गरेको जानकारी दिइन् । उनले सो जग्गा जिल्ला बाहिरका भूमाफियाले कीर्ते कागजात खडा गरी निजी नाममा दर्ता गरिसकेको भेटिएको हुदा त्यसलाई फिर्ता गराउन स्थानीय तहबाट पहल भइरहको बताइन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा बिहे गर्ने उमेरमा चार सन्तान शीर्षकको समाचार छापिएको छ । कानूनले बाल विवाहलाई पूर्णरुपमा निषेध गरे पनि तराईका दलित समुदायका युवतीहरु कलिलै उमेरमा सन्तानको आमा बन्न बाध्य भएका छन् । कानूनले २० वर्ष नपुगी विवाह गरे दण्ड र जरिवानाको व्यवस्था गरे पनि दलित समुदाय कतिपय युवतीहरु ीववाह गर्ने उमेरमा तीन चार जना सन्तानका आमा बन्ने गरेको पाइएको छ । मोरङको जहदा गाउँपालिका ३ भाथीगञ्जकी २१ वर्षीय मन्झा ऋषिदेब झट्ट हेर्दा बालिका जस्तो देखिन्छन् । तर उनी चार सन्तानको आमा बनेर आमाको जिम्मेरवारी निर्वाह गर्दै आएकी छिन् । काँधमा चार सन्तानको रेखदेख गर्ने जिम्मेवारी रहेकोले उनले दैनिक काम गरेर अभिभावकको भूमिका निर्वाह गर्दै आएकी छिन् ।