औजार : आजको औजार दैनिकमा बलात्कार आरोपी सिद्धबाबा कहाँ छन् ? शीर्षकको समाचार छापिएको छ । उच्च अदालत विराटनगरबाट बलात्कारको मुद्दा सुनुवाई हुने दिन महिला अनुयायी माथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सोही दिन भारत फरार भए । २०७६ साल माघ ९ गते विहीबार अदालतमा मुद्दा सुनुवाई भइरहेको बेला दिउँसो आरोपी सिद्धबाबा भने जोगवनी नाका भएर फरार भएका थिए । तर, उनी अझै सम्म पक्राउ परेका छैनन । यता महिला अधिकारकर्मीहरुले प्रशासनको चर्को विरोध गर्दै तत्काल पक्राउ गर्न माग गरेका छन् । उच्च अदालत विराटनगरबाट पुर्पक्षका लागि थुनामा राख्न अन्तिम आदेश भएकै दिन सिद्धबाबा भारत भागेका थिए । ९ माघ बिहीबार दिउँसो इजलासमा मुद्दा सुनुवाई भइरहेका भागेका गिरीलाई पक्राउ गर्न महिला मानव अधिकार रक्षकहरुको सञ्जालले माग गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा ज्ञापन पज्ञ बुझाएका अधिकारकर्मीहरुले थुना बाहिर रहे मुद्दा प्रभावित हुने बताउँदै तत्काल पक्राउ गर्न माग गरेका हुन् । प्रहरीकै योजनामा सिद्धबाबा भगाइरएको आशंका गर्दै अधिकारर्मीहरुले सात दिन भित्र पक्राउ नगरे आन्दोलन गर्ने चेतावनी दिए ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा कृषि बजारमा अझै जडान भएन विषादी मापन प्रयोगशाला शीर्षकको समाचार छापिएको छ । वार्षिक ५ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कृषिजन्य उत्पादनको थोक बिक्रीको कारोबार हुने धरान १३ स्थित कृषिउपज बजारमा दुई वर्षअघि नै स्थापना गरिने भनिएको विषादी अवशेष मापन प्रयोगशाला अहिलेसम्म राखिएको छैन । प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको वेवास्ताले प्रयोगशाला स्थापना हुन नसकेको हो । गत वर्षकै बजेटमा प्रदेश सरकारले कृषिउपज प्रयोगशालाल स्थापनाका लागि उपकरण खरिद गर्न ३० लाख रुपैयाँ विनियोजन गरे पनि कार्यान्वयन गर्न बिर्सदा उक्त बजेट फ्रिज भएको थियो । बजेट फ्रिज हुन्छ भनेर नै गतवर्ष नै कृषिउपज बजार व्यवस्थापन समितिले प्रदेश सरकारलाई पत्राचार गरेको थियो । पूर्वी पहाडी जिल्ला र तराईका साथै भारतीय बजारबाट आयात भएका मौसमी र बेमौसमी फलफुल तरकारी धरानको कृषि बजारमा संकलित भई थोक बिक्रेतामार्फत अन्य जिल्लाका व्यापारीले उपभोक्तासम्म पुर्याउने भएकाले संघीय कृषि मन्त्रालयले दिएको १० लाख रुपैयाँ र कृषि उपज बजार व्यवस्थापन समितिको ६ लाख रुपैयाँ गरी १६ लाख रुपैयाँ लागतमा प्रयोगशाला भवनसमेत निर्माण भइसकेको छ । भवन निर्माण भएको करिब २ वर्ष बितिसक्दा पनि विषदी मापन प्रयोगशालाका लागि उपकरण र प्राविधिक जनशक्ति नहुँदा भवनको सदुपयोग हुन नसकेको बजार समितिले जनाएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा ‘दहेज लिनु र दिनु पाप हो’ शीर्षकको समाचार छापिएको छ । दाइजोलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा यसले विकराल रुप लिदै आएको छ । कुनै समयमा बिना लेनदेन आपसी सल्लाह र समझदारीमा हुने विवाह अहिले दाइजो प्रथाले जरा गाड्दै गएपछि मुसलमान समुदया चिन्तामा डुबेका छन् । दाइजो दिन बाध्य हुने समूह चिन्तामा डुबेका छन् भने लिने समूह खुशीले गगद हुने गरेका छन् । स्वःस्फूर्त खुशीले बेहुली पक्षले दिने दाइजोमा कुनै समस्या नभएपनि करकापमा पारेर लिने दाइजो कानूनी रुपमा अपराध मानेको अधिवक्ता केदार भण्डारीले बताए । उनले दाइजोलाई नेपालमा अवैध मानेको र लिने र दिने दुबैलाई कानूनकाले कैद सजाय हुने व्यवस्था गरेको बताए ।