औजार : आजको औजार दैनिकमा सरकारी स्वास्थ्य संस्थाामा लापरबाही शीर्षकको समाचार छापिएको छ । धरानमा जनतालाई स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा प्रदान गर्ने सरकारी संस्थाले नै फोहोर व्यवस्थापनमा लापारबाही गरेको पाइएको छ । धरान उपमहानगरपालिकाका अन्तर्गत स्वास्थ्य चौकी र स्वास्थ्य केन्दं्रहरुले स्वास्थ्य उपचार गर्दा निस्किएको फोहोर व्यवस्थापनमा लापारबाही गरेको पाइएको हो । ति स्वास्थ्य संस्थाबाट निस्कने प्रयोग भएको सिरिञ्ज एवम् अन्य फोहोरजन्य वस्तुहरु व्यवस्थापन गर्न कठिनाई भएपछि समस्या उत्पन्न भएको स्वस्थ्य चौकीमा कार्यरत कर्मचारीले बताएका छन् । कर्मचारीका अनुसार दैनिक जसो निस्कने फोहोरलाई व्यवस्थापन गर्नका लागि कठिनाई भएको हो । तर यसतर्फ धरान उपमहानगरपालिकाले भने ध्यान दिएको छैन । ति क्षेत्रमा उपमहानगरपालिकाले फोहोर व्यवस्थापनको लागि कुनै व्यवस्था नगर्दा कठिनाई भएको हो । धरान उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको पाँचकन्या स्वास्थ्य चौकीमा दैनिक निस्कने फोहोरलाईकर्मचारीले संस्थाको कार्यालय अघि नै आगो लगाएर जलाउने गरेको पाइएको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स झापा सदरमुकामै छैन सीसी क्यामेरा शीर्षकको समाचार छापिएको छ । झापाको भद्रपुर नगरपालिकास्थित चन्द्रगढीका व्यस्त चौक र बजारक्षेत्रमा अपराध नियन्त्रण अभियानलाई लक्षित गरी पाँच वर्षअघि जडान गरिएका सीसी क्यामेरा बन्द भएपछि सदरमुकाम क्यामेराविहीन भएको छ । सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीको संयोजन तथा स्थानीय संघ संस्थाको आर्थिक सहयोगमा चन्द्रगढीको लेखनाथ चौकदेखि चन्द्रगढी कै ट्रेड युनियन चोकसम्म चारवटा क्यामेरा जडान गरिएको थियो । प्रहरी प्रशासन, उद्योगी, व्यापारी, संघ संस्थालगायतको उपस्थितिमा ०७१ पुस ११ गते एक कार्यक्रमको आयोजना गरि सीसी क्यामेरा सञ्चालनमा आएको घोषणा गरिएको थियो । स्वचालित क्षमता रहेका पिटिजेट नामक क्यामेरा लेखनाथ चोक र ट्रेड युनियन चोकमा तीनसय साठी डिग्रीमा घुम्न सक्ने गरी जडान गरिएको थियो । त्यसैगरी विरेन्द्र उच्चमावि छेउ र कृषि विकास बैंकछेउको चोकमा निश्चित क्षमता भएका सीसी क्यामेरालाई ३ लाख ३२ हजार २ सय २० रुपैयाँको लागतमा जडान गरिएको थियो ।

उद्घोष : आजको उद्घोष दैनिकमा गाँजा खेतीका लागि स्वीकृति माग शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १, प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश वातावरण सम्बन्धमा व्यवस्थ ागर्न बनेको विद्येयक, २०७६ माथिको शैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा भाग लिदै प्रदेशसभा सदस्य अम्बिका थापाले विद्येयकमा नीतिगत राम्रो भएपनि यसलाई समृद्ध एवं सबल बनाउन विषयगत समितिमा दफावार छलफल हुनुपर्ने माग गरिन् । पहाडी जिल्लामा विकास निर्माणको काम गर्दा पर्यावरणमा विशेष ध्यान दिने किसिमको विद्येयक हुनुपर्नेमा उनले जोड दिइन् । सदस्य विमल कार्कीले गाँजा खेतीबाट प्रशस्त आम्दानी हुने भएकाले किसानलाई आम्दानीको भरपर्दो स्रोत बनाउन गाँजा खेत ीगर्न सरकारले स्वीकृति दिनुपर्ने माग गरे ।