आज विश्व रेडियो दिवस

  • फाल्गुन १, २०७६
  • २४७ पटक पढिएको
  • कपुरीन्यूज
alt

धरान : आज विश्व रेडियो दिवस । स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, सामाजिक तथा सास्कृतिक सङ्गठन युनेस्कोले सन् २०११ देखि फेब्रुअरी १३ लाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको हो ।

रेडियो दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने गरिएको छ । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्रा्ष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोले सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।

विश्वमा व्यावसायिक रेडियो प्रसारण सुरु भएको सय वर्ष भएको छ भने नेपालमा भने रेडियो प्रसारण सुरु भएको ६९ वर्ष पुगेको छ । नेपालमा पहिलोपटक भोजपुरबाट २००३ सालमा रेडियोको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि विराटनगरबाट प्रजातन्त्र रेडियोका नाममा रेडियो सुरु भएको हो ।

सरकारीस्तरबाट २००७ साल चैत २० गते सिंहदरबारमा रेडियो नेपालको स्थापना गरिएको थियो । यस्तै २०५२ सालदेखि एफएमको प्रसारण सुरु भएको हो । नेपालमा अहिले इजाजत प्राप्त एफएम रेडियोको सङ्ख्या सात सय ४० पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved