औजार : आजको औजार दैनिकमा स्वास्थ्य चौकी सहायकको भरमा शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगरपालिका अन्तर्गतको पाँचकन्या स्वास्थ्य चौकी निमित्त सहायकको भरमा सञ्चालनमा रहेको छ । त्यहाँ कार्यरत स्वास्थ्य प्रमुखलाई काजमा धरान उपमहानगरपालिकाले बोलाएपछि स्वास्थ्य चौकी निमितको भरमा सञ्चालन हुँदै आएको छ । पाँचकन्या स्वास्थ्य प्रमुख उमेश श्रेष्ठलाई मेयर तिलक राईको सचिवालयमा राखिएको छ । जसका कारण अहिले स्वास्थ्य चौकीको निमित अहिले स्वास्थ्य सहायकको भरमा छ । स्वास्थ्य सहायक लक्ष्मी बुढाथोकीले स्वास्थ्य चौकीको कायभार सम्हालेकी छन् । काजमा धरान उपमहानगरपालिका आएका धरान उपमहानगरपालिका आएका स्वास्थ्य प्रमुख उमेश श्रेष्ठले आफु काजमा आए पनि स्वास्थ्य सेवामा कुनै समस्या नभएको दाबी गरे । श्रेष्ठ झण्डै दुईसाता भन्दा अघिदेखि मेयरको सचिवालयमा काममा कार्यरत रहेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको मृत्यु शीर्षकको समाचार छापिएको छ । सुरक्षित सुत्केरीको सचेतना कार्यक्रम प्रभावकारी नहुँदा इलाममा नवजात शिशुको मृत्युदर बढ्दै गएको एक तथ्याङ्कले देखाएको छ । वन हर्ट वल्र्ड वाइड नामको गैह्रसरकारी संस्थाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार इलाममा एक वर्षमा ४९ जना नवजात शिशुको निधन भएको हो । एकिन कारण थाहाँ पाउन नसके पनि सुरक्षित सुत्केरी गराउँदा र नवजात शिशु स्याहारबारे जानकारी नहुँदा शिशुको निधन हुने गरेको जनाएको छ । संस्थाले सन् २०१९ देखि हाल सम्म गरेको अध्ययनमा जन्मेको २८ दिन भित्रमा एक वर्षको अवधिमा ४९ जना नवजात शिशुको मृत्यु भएको हो । तथ्यांक अनुसार सुर्योदयन नगरपालिकामा सबैभन्दा बढी नवजात शिशुको निधन भएको पाइएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा अख्तियारलाई भर्ती केन्द्र बनाएः यादव शीर्षकको समाचार छापिएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संवैधानिक अंगको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भर्ती केन्द्र बनाएर अस्त्रको रुपमा प्रयोग गर्न नहुने बताएका छन् । रिस उठेको व्यक्तिलाई फँसाउन अख्तियारलाई अस्त्रको रुपमा प्रयोग गर्नु गलत भएको उनले बताए । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले अख्तियारलाई सबैप्रति समान व्यवहार गर्नुपर्ने बताए । भ्रष्टाचार र अनियमितता गर्नेलाई कारबाही गर्नुपर्ने बताउँदै अध्यक्ष यादवले संसदीय उत्तरदायित्वको रुपमा अख्तियार बन्नुपर्ने विचार व्यक्त गरे ।