धरान : धरानमा आईतबार एक समारोहका विच 'चक्रको युग चक्र ' पुस्तक विमोचन भएको छ ।

चक्रबहादुर पालुङ्वा फाउण्डेशन धरान १२ ले प्रकाशन गरेको 'चक्रको युग चक्र' पुस्तकको विमोचन एक नम्बर प्रदेशका पुर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले गरे । पुस्तकको सम्पादन राजेश्वर थापाले गरेका छन् । कार्यक्रममा प्रा.डा. रमेश घिमिरेले पुस्तकको बारेमा समिक्षा गरेका थिए । उनले यो पुस्तक एउटा कृति मात्रै नभएर लिम्वू जातिको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुको लागि ठुलो सान्दर्भ सामाग्री भएको बताए ।  यो पुस्तक विना लिम्वू र लिम्वू जातिको बारेमा केही खोज अनुसन्धान गर्नुपरे अपुरो हुने पनि घिमिरेले बताए ।

पुस्तक विमोचन समारोहमा पुस्तकका सम्पादक राजेश्वर थापाले लिम्वू संस्कार संस्कृतिको बारेमा गहन विषय यो पुस्तकले बोकेको बताए । चक्रको युग चक्र  पुस्तकमा लिम्वू जातिको मौलिक संस्कार, संस्कृति र रिति तिथि पनि उल्लेख भएकोले लिम्वू जातिको बारेमा खोज अनुसन्धान गर्नेहरुलाई यो पुस्तकले ठुलो सहयोग पुर्याउने थापाले दावी गरे ।

कार्यक्रममा बरिष्ठ पत्रकार हर्ष सुव्वाले पनि लिम्वू जातिमा यसरी लिखत राख्ने पहिले देखिनै परम्परा थियो । त्यही लिखत अहिले सम्म राख्दा चक्रबहादुर पालुङवाको कृति बन्न सकेको बताए । प्रा.डा. गोपाल भण्डारीले हामी ठुलो खर्च गरेर ठुलो घर बनाउछौ । तर त्यो घर भन्दा समाजलाई मार्गदर्शन दिने कृतिको ठुलो महत्व हुने बताए ।

कार्यक्रमका प्रमुख अतिथि एक नम्वर प्रदेशका पुर्व प्रदेश प्रमुख डा. गोविन्द तुम्वाहाङले 'चक्रको युग चक्र' पुस्तकले लिम्वूवानको इतिहासलाई उजागर गरेको बताए । तत्कालिन धनकुटा गौडा नजिकैका लिम्वूले केही लिखत लेख्न नसकेको बताउदै तुम्वाहाङले भने (इत्नोग्राफिक प्रोफाईल) जीवन देखि मृत्यू सम्मको गहकीलो दस्तबेज चक्रको युग चत्र पुस्तक बनेको बताए ।

त्यो समयमा मास्टरको उपनामले चिनिएका चक्रबहादुर पालुङवा धरानका राजनितिज्ञ केपी पालुङ्वा, शिक्षासेवी डा. योगेन्द्र पालुङवाका पिता हुन् । उनको गतबर्ष माघमा निधन भएको थियो । मास्टर चक्रबहादुर पालुङवाको ८६ औं जन्म जयन्तीको अवसरमा पालुङवाले लेखेको पुस्तकको विमोचन गरिएको हो ।