धरान : शनिबार राती धरान ८ स्थित सभागृहमा सम्पन्न तेश्रो नेपाल राष्ट्रिय व्यापी शारिरीक सुगठनप्रतियोगितामा ओभरअल राउण्डमा प्रथम हुदै ७५ प्लस केजी तौल समुहबाट भिडेका उमेश राई तेस्रो नेपाल च्याम्पियनको उपाधि जितेका हुन् । उपाधीसंगै उनले २ लाख ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । नेपाल च्याम्पियनको ३ वटै सँस्करणमा ग्यालेक्सी फिटनेसका खेलाडीले उपाधि जितेर ह्याट्रिक गरेको छ ।

एलाइनेट जिम धरानको आयोजनमा भएको प्रतियोगितामा फिट्नेस दाङ, रूपनदेहीका कृष्णप्रसाद श्रेष्ठ दोश्रो बन्दै १ लाख नगद हात पारे । श्रेष्ठ ७५ किलो तौल समुहमा प्रथम बनेका थिए । यता ७० किलोमा पहिलो बनेका बलभैरव जिम ललितपुरका विनोद सुनार तेश्रो बन्दै ५० हजार हात पारे । ६५ केजीबाट फिनिक्स फिटशालाका मनोज सुवेदी चौथो बन्दै ४० हजार, ५५ केजीबाट ड्याजल जिम विराटनगरका प्रविण राजवंशी पाँचौ बन्दै ३० हजार र ६० केजीबाट एरो फिट्नेस, दमका मदनकुमार योङहाङ छैठौ बन्दै २५ हजार हात पारे । उनिहरूले नगद संगै ट्रफि, मेडल र प्रमाणपत्र हात पारे ।

व्यक्तिगत पुरस्कार अर्न्तगत मस्ट इम्प्रुभिङ खेलाडीको टाइटल भने ५५ केजीका प्रविण श्रेष्ठले हात पार्दै नगद ५ हजार सहित ट्रफी जिते । प्रतियोगितामा बेस्ट पोजर ६५ केजीका खेलाडी बिजेन्द्रमान श्रेष्ठले हात पारे भने ७५ प्लस केजीमा भिडेका खेलाडी सन्जु लामाले इम्प्रुभिङ बडी बिल्डरको टाइटल हात पारे । यस्तै ७५ केजीमा भिडेका सबैभन्दा कम उमेर १७ वर्षका खेलाडी विशाल पौडेललाई प्रोत्साहन स्वरूप प्रमाणपत्र प्रदान गरीएको थियो ।

शनिबार धरानको शभागृहमा सम्पन्न तेश्रो नेपाल च्याम्पियनमा यस वर्ष संगै ग्लालेक्सी फिटनेस, झापाले लगातार तेश्रो पटक उपाधिमा कब्जा जमाउदै ह्याटट्रिक गरेको हो । यस अघि २०७४ सालमा भएको नेपाल च्याम्पियनको पहिलो संस्करणमा रामबहादुर दाहाल र २०७५ को दोश्रो संस्करणमा ललित धामीले उपाधी चुमेका थिए । उनिहरू दुवै ग्यालेक्सीका खेलाडी हुन ।body-chimpon

विजेताहरूलाई एलाइनेट जिमका संचालक विक्रम लिम्बु, धरान उपमहानगरपालिकाका मेयर तिलक राई, एन्फाका प्रदेश १ अध्यक्ष किशोर राई, बराह ग्रुप धरानका प्रमुख प्रशासकिय अधिकृत गंगा कालिकोटे लगायतले पुरस्कार वितरण गरेका थिए । प्रतियोगिताको मुख्य निर्णायकमा शिवलाल श्रेष्ठ थिए । अन्य निर्णायकहरूमा अजय बज्रचार्य, राजेन्द्र तुलाधर, राजभगत प्रधानाङ्ग, रोशन महर्जन, हरी धिमाल, शिजार राजभण्डारी, शिव मुखिया र कबिरभगत प्रधानाङ्ग गरी ९ जना निर्णायक रहेका थिए ।

उमेश राईले यसअघि जितेका उपाधी body-chimpon--dr-n 1

उमेश राई यस पटक मात्र बिजेता बनेका हैनन यस अघि पनि निकै उपाधि हात पारेकाछन् ।झापा दमकस्थित ग्यालेक्सी फिटनेसका खेलाडी राईले  यसअघि २०७३ सालमा भएको १४ औ मि। धर्मश्रीको ओभरअलमा तेश्रो स्थान हात पारेका थिए । यो संगै २०७५ सालमा उनले काठमाडौमा भएको मि। एभरेस्ट र साउथ एसियन च्याम्पियनसिपमा विजेता बनेका थिए । यो संगै २०७६ सालमा काठमाडौमा भएको मि। हिमालय र २०१८ मा कुवेत क्लासिकको समेत उपाधीमा कब्जा जमाएका हुन । दोश्रो बनेका श्रेष्ठले यस अघि २०७५ सालमा पोखरामा भएको मि। माछापुच्छ्रे र २०७६ सालमा भएको बुटुवल श्रीको उपाधी जितेका थिए ।