ईटहरी : ज्योति विकास बैक लिमिटेडको, ईटहरी क्षेत्रिय कार्यालय उद्घाटन भएको छ । शुक्रबार ईटहरीको ५ नं. वडामा क्षेत्रिय कार्यालयको स्थापना भएको हो ।

प्रमूख अतिथि ईटहरी उपमहानगरपालिकाका नगर प्रमूख द्वारिकलाल चौधरीले वित्तिय संस्थाहरुको विकासले ईटहरी नगरको विकासमा समेत टेवा पुर्याउने विचार व्यक्त गरेका थिए ।

पूर्व क्षेत्रको केन्द्रको रुपमा रहेकाले ईटहरीमा क्षेत्रिय कार्यालय स्थापना गरिएको ज्यति विकास बैंक लिमिटेडका अध्यक्षको हरि चन्द्र खड्काले बताए ।

उद्घाटन कार्यक्रममा प्रमूख कार्यकारी अधिकृत मनोज ज्ञावाली, कम्पनीका संचालकहरु छत्रमान श्रेष्ठ, सन्तोष अधिकारी, नारायण पौडेल, मनु मर्हजन, विभिन्न शाखाको प्रवन्धक तथा कर्मचारीहरु लगायत ईटहरीका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

त्यसै दिन ईटहरीलाई लक्षित गरी ईटहरी शाखाको पनि उद्घाटन भएको छ ।  १०२ औ शाखाको रुपमा ईटहरी वार्ड नं. ६ को हङ्गकङ्ग मार्केटमा स्थापना भएको इटहरी शाखा प्रमुख चन्द्रदिप पहाडीले बताए ।

ईटहरी शाखाको उद्घाटन ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भिम प्रसाद पौडेलले गरेका थिए । ज्योति विकास बैकले ग्रहकहरुलाई छिटो तरितो सेवा प्रदान गरेको र उद्योगी व्यवसायि तथा ग्राहकहरुको सहयोगबाट पूर्व क्षेत्रमा राम्रो ख्याति कमाएको धरान शाखा प्रमूख प्रकाश झाले बताए ।