धरान : कोरोना भाइरस माहामारी नियन्त्रणको क्रममा कालोबजारी मौलाईरहेको बेला धरानको बराह ग्रुपले भने घरघरमा ग्राहाकलाई सुविधा दिने भएको छ । बराह ग्रुपले 'अर्डर' अनुसार सामानहरुको 'होम डेलिभरी' गर्ने भएको छ ।

ग्रुपले आफ्ना सबै सेवाहरु हट लाईन मार्फत 'होम डेलिभरीको' उचित व्यवस्था गर्ने बराह ग्रुपका संचालक एवं प्रदेश एक प्रमुख मान बहादुर बिश्वकर्माले बताए । धरान उपमहानगर भित्र दैनिक उपभोग्य सामानहरु, बराह बचत तथा ऋण सहकारी संस्थाका सेयर सदस्यहरुलाई घरमै सेवा दिइने बताएको हो ।

प्रशासनले अर्को सुचना जारि नगरेसम्म निक्षेप र भुक्तानी समेत घरघरमै पुगेर सेवा दिने विश्वकर्माको भनाई छ ।