इटहरी : कोरोना भाइरस सँग लड्न सरकारले मुलुकलाई भरि एक हप्ता सम्म निषेधाज्ञा जस्तै आदेश जारी गरेको छ । सरकारले देशवासीलाई घर बाट बाहिर नजान आदेश जारी गरेपछि अहिले सिङ्गो देशवासी घर भित्रै रहेका छन् ।

घरभित्र रहने र व्यापार व्यवसायहरू बन्द गर्ने सरकारले आदेश दिएपछि अहिले आम नागरिकको घरमा अत्यावश्यक सामाग्रीहरू अभाव हुँदै गएको छ । त्यसैले यति बेला इटहरी र धरानका स्थानीय सरकारले भने निजी क्षेत्रलाई जनताको घरघरमा सामान पुर्‍याउन संयोजन गर्ने भएको छ ।

इटहरी क्षेत्रभित्र उपमहानगरपालिकाको समन्वय र सहकार्यमा गोरखा डिपार्टमेन्टले खाद्यान्न लगायतको आवश्यक सामग्री घरघरमै लगेर सामान बिक्री गर्ने भएको छ । त्यसैगरि धरान क्षेत्रमा उपमहानगरको संयोजनमा धरानवासीको घरघरमा बराह डिपार्टमेन्ट स्टोर धरान, भाटभटेनी सुरपमार्केट धरान, गोर्खा डिपार्टमेन्ट स्टोर धरान, गुन्द्री डट कम (gudri.com) र सोताङ अर्ग्यानिक कृषि फर्मले सामान पुर्‍याउने भएको हो ।

कोरोनाको महामारी फैलन नदिन घरैमा बसेका नगरवासीलाई अत्यावश्यक सामाग्री अभाव हुन नदिन कार्यक्रम ल्याइएको इटहरीकी उपप्रमुख लक्ष्मी गौतमले बताइन । लडाउनको समय लम्बिन सक्ने भएकोले बेलैमा सतर्कता अपनाउन खोजिएको हो ।

इटहरीको हकमा गोरखा डिपार्टमेन्ट इटहरी शाखाले सम्पूर्ण वडामा सामाग्री पुर्‍याउने जिम्मा लिएको छ । सरकारले चैत्र ११ देखि १८ गतेसम्म एक साता लकडाउन घोषणा गरेकोले उपमहानगरको समन्वयमा वडास्तरिय तालिका नै बनाएर सामाग्री पुर्‍याइने डिपार्टमेन्ट स्टोरले जनाएको छ ।

५०० भन्दा कमको सामाग्री नपुर्‍याइने र बिहान ९ : ३० देखि दिउँसो ३ बजेसम्म अर्डर गरिसक्नुपर्ने बताइएको छ । डिपार्टमेन्टको हटलाइन नम्बर ९८४२०७९४३३, ९८०३७५११९२ र ९८०१४५४३७९ मा अर्डर टिपाउनुपर्ने र सो सामान ३:३० बजेपछि मात्र घरमा पुग्ने जनाइएको छ ।

धरानको लागि...

धरानमा खाद्यान्न र तरकारी चाहिए बिहान १० बजे देखि साँझ ६ बजे सम्म सम्पर्क गर्नु पर्ने छ । आम नागरिकहरूमा दैनिक अत्यावश्यक खाद्यान्न अभाव हुन थालेपछि धरानमा अनलाइन वा फोनको माध्यमबाट अर्डर गर्ने व्यवस्था गरिएको हो ।

शुक्रवार धरान उपमहानगरपालिकामा प्रहरी, प्रशासन, उद्योगी व्यवसायीसहित बसेको बैठकले खाद्यान्न आपूर्ति सहज बनाउन अर्डर लिने व्यवस्था गरेको थियो । बैठकले मानिसहरूमा कोरोना भाइरस सङ्क्रमण हुन नदिनको लागि सामाजिक दुरीलाई निरन्तरता दिँदै अनलाइन वा फोन मोबाइलको माध्यमबाट सामानहरूको अग्रिम अर्डरको व्यवस्था गर्ने निर्णय गरेको छ ।

धरानका फर्महरू बाहेक अन्य इच्छुक फर्महरूले होम डेलिभरी गरेर सामान उपलब्ध गराउन चाहेमा सुनसरी उद्योग वाणिज्य सङ्घसँग समन्वय गरेमा उपमहानगरपालिकाले आवश्यक व्यवस्था गर्ने पनि निर्णय समेत भएको हो ।

धरानको लागि सम्पर्क

बराहको सम्पर्क नम्बर:  ९८०२७५७८५८ /९८०२७५७८५८ / ९८५२०४५७६६ / ९८४२०४०६७३०

भाटभटेनी सुपरमार्केट: भाइबर ह्वाटएप्स नम्बर ९८०२०७५११८ / ९८०२०७५११२/ ९८०१२३३८६२ / ९८०१२३३८६३ / ९८०१२४६६२८

गोर्खा डिपार्टमेन्ट स्टोर: ९८५२०२०४३४

सोताङ अर्ग्यानिक कृषि फर्म : ९८५२०५६०७७

Phone-Number