पथरी  : मोरङको पथरी बजार दैनिक ४ घण्टा खुलाउने निर्णय भएको छ ।

नगरपालिकाको आइतबार बसेको बैठकले बिहान २ घण्टा र बेलुका २ घण्टा बजार खुलाउने निर्णय भएको हो । लकडाउनको समयमा नगरवासीमा अति आवश्यक सामाग्रीको अभाव हुन नदिन यो निर्णय गरिएको हो ।
बिहान ७ देखी ९ बजे सम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न र तरकारीका पसल खुलाउने निर्णय भएको वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले जानकारी दिए ।

पथरीशनिश्चरे नगरपालिका, उद्योग वाणिज्य सङ्घ पथरी र इलाका प्रहरी कार्यालयको समन्वयमा बजार खुलाउन लागिएको हो । बजारमा सामाग्री लिन वृद्ध, बिरामी र बालबालिकालाई भने नपठाउन नगरपालिकाले आग्रह गरेको छ । सामाग्री खरिद गर्न पनि २ मिटरको दुरी कायम गर्न आग्रह गरेको छ ।