उदयपुर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक महिनाभित्रमा प्रदेश १ को नाम र राजधानी टुंगो लाग्ने बताएका छन् ।
शनिबार प्रेस चौतारी र प्रेस सेन्टर उदयपुरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन । राजधानीको बारेमा मिडियाबाजी भइरहेको भन्दै सहमति मै एक महिनाभित्र सहमतिमै टुंगो लाग्ने बताए । नामको लागि विश्वको सर्वोच्च शिखर सगरमाथा, सप्तकोशी लगायतका चर्चित धार्मिकस्थल समेत भएको भन्दै कुनै एक नाम रहने संकेत गर्नु भएको छ ।
अहिले प्रदेश १ लाई सम्मृद्धि बनाउने वेला भएको भन्दै नाम र राजधानीको किचलो गर्ने वेला नभएको दावी गरे । पाँचौँ उदयपुर गोल्डकप उद्घाटनको लागि गाइघाट पुगेका मुख्यमन्त्री राईले अन्य ६ प्रदेश भन्दा अगाडि बढेर काम गरिरहेको पनि बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने पार्टी एकताको बारेमा राईले सवै कुरा मिलेको केही दिन मै पार्टी एकता हुने पनि बताएका छन ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































