‘कायरा’ चलचित्रको सुटिङ सकिएलगत्तै स्वदेश फर्किएका आर्यन सिग्देल श्रीमती सपना भण्डारीलाई च्यापेर छुट्टी मनाउँन अष्ट्रेलिया हानिएका थिए । नेपाली चलचित्रमा कुनै समयका लोकप्रिय नायक आर्यन र सपनाले उतै आफनो म्यारिज एनिभर्सरीसमेत मनाए । यतिबेला घुमघाममा नै रमाईरहेका आर्यन र सपनाले एकअर्कासंग बिताएका मिठा पलहरु सामाजिक सञ्जालमाफर्त सेयर गरिरहेका छन् ।

aaryan-sapana-1-1

उनीहरुले बिताएका साना साना पलहरु कुनै फिल्मको रोमाण्टिक दृश्य भन्दा कम छैन् । बिषेश गरी समुन्द्री तटमा उनीहरु मस्ती मुडमा छन् । उनीहरुले बालुवामा ए लभ्स एस पनि लेखेका छन् । लामो समय प्रेम सम्बन्धमा रहेका यी दुई करिब ५ बर्ष अगाडी बैवाहिक जीवनमा बाधिँएका थिए ।

aryan

aaryan-sapana-3