इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर ८ मा राष्ट्रिय भुमि अधिकार मञ्चले
निर्माण गरेको सामुदायिक भवन अदालतको फौसला कार्यान्वयन गर्ने क्रममा भत्काइदा
केही समय सो क्षेत्र तनावग्रस्त बन्न पुग्यो ।

भुमि अधिकार मञ्चले सो क्षेत्रका सुकुम्वासीहरुलाई लक्षित गरी निर्माण गरेको
सो सामुदायिक भवन हटाई सार्वजनिक जग्गा खाली गर्नु भन्ने सुनसरी जिल्ला अदालतको
फौसला बमोजिम भवन भत्काइएपछि सो क्षेत्र तनावग्रस्त वन्न पुगेको थियो ।
सार्वजनिक जग्गामा निर्माण गरिएको सामुदायिक भवन भत्काएपछि आक्रोशीत स्थानीय
र प्रहरी विच केही समय दोहोर झडप भएको थियो । झडपका क्रममा तीन
सुकुम्वासी र चार जना सुरक्षाकर्मी घाइते भएको इलाका प्रहरी कार्यालय इटहरीले
जनाएको छ ।

इनरुवा नगरपालिका ३ का दामोदर पोखरेले आफनो जग्गाको बाटो अवरोध
गरेको भन्दै सार्वजनिक जग्गा खाली गराईपाउ भनि दिएको उजुरीका आधारमा सुनसरी
जिल्ला अदालतले २०७० साल जेष्ठ १४ गते सार्वजनिक जग्गा खाली गराई चलन चलाउन
फौसला गरेको वताइएको छ । सो फौसला कार्यान्वयन गर्न भुमि अधिकार मञ्चलाई
जानकारी गराइएपनि खाली नगराइएपछि अदालती प्रकृया अन्तर्गत खाली गराउने क्रममा झडप
भएको हो । झडप पछि प्रहरीले सावित्री चौधरी , निर्मला चौधरी, पुरुषेत्तम
तामागं र रज्जे क्रृषिदेवलाई पक्राउ गरेको सुकुम्वासीहरुले वताएका छन । उनीहरुले
जानकी चौधरी,रज्जे क्रषिदेव र जानकीकी छोरी घाइते भएको वताएका छन । सो
क्षेत्रमा वसोवास गर्दै आएका सुकुम्वासीहरुका बालवालिकाहरु ट्युसन पढ्ने तथा
विवाहवारी तथा अन्य सामाजिक कार्यका लागि सो भवन प्रयोग गर्ने गरेको वताएका छन