जपुर, २१ जेठ । भोजपुर जिल्लाको षढान्नद नगरपालिका वडा नं ८ तुङगेछाका एमाले पार्टिबाट निर्वाचीत वडा अध्यक्ष किशोर किरातीले अन्य कर्मचारीसँग मिलेर करिब २२ लाख बराबर रकम घोटला गरेका छन । उनले गाउँमा विद्युत विस्तारको लागी छुटयाईएको ५८ लाख ६१ हजार वजेटको ३६ प्रतिशत मात्र काम गरेर अन्य रकम भने कर्मचारीसँगको मिलोमहतोमा घोटला गरेको आरोप स्थानीयले लगाएका छन । वत्ति वाल्नका लागी षढान्नद नगरपालिका बाट ४१ लाख, साविकको वडा ५ र ६ बाट दश लाख र जनश्रमदान बाट ७ लाख ६१ हजार गरी ५८ लाख ६१ हजार रकम संकलन गरीएको थियो । खातामा जम्मा गरेको रकम अहिले स्थानीयले खोज्दा नभएपछि उनीहरुले दवाव दिएलगतै घटना सार्वजनीक भएको हो ।
षढान्नद नगरपालिकाका मेयर विरवल राईले भने “समितीको खाता नगरपालिकाले रोक्का गरेको थियो, वडा अध्यक्ष र प्राविधिकले काम सम्पन्न भएको भनी सिफारीस गरेर खाता फुकुवा गरी पैसा निकासी गरीएको छ ।” अहिले काम पनी भएको छैन, पैसा पनी खातामा नभए पछि स्थानीय आन्दोलीत भएर नगरपालिका घेराउ गरेका छन ।
त्यस्तै वडा अध्यक्ष किशोर किरातीका अनुसार “करिव ५८ लाख ६१ हजार रकम आव २०७३÷०७४ को भएकाले कार्यान्यवय गर्न केहि समस्या भएपछि काम गर्न ढिलो भएकाले पछि काम गर्ने उदेश्यले समितिको खातामा रकम संकलन गर्न उपभोक्ता समितिका अध्यक्ष, कोषाअध्यक्ष र सचिव को नाममा खाताखोली रकम संकलन गरीएको छ ।” अन्य गाउँमा वति वल्यो तर यस गाउँमा वक्तिवलेन त्यसपछि उपभोक्ताले खाता फुकुवा गर्न दवाव दिए, मईले माग २८ गते खाता फुकुवा गरीदिए, उनले भने । वक्ति वाल्नका लागी उक्त रकमबाट काम अहिले पनी भईरहेकोले आफुविरुद्ध लगाएको दोष झुटो भएको अध्यक्ष किरातीको बताए ।
त्यस्तै वडा अध्यक्ष किशोर किराती, वडा सचिव धन बहादुर तामाङ, विद्युत विस्तार समितिका अध्यक्ष फुर्वा तामाङ सचिव राजेन्द्र राई लगायत नगरपालिकाका अन्य कर्मचारीसगको मिलो महतोमा रकम निकासि गरी अन्यमीतता भएको भनी स्थानीय वासि आन्दोलित भई नगरपालिका घेराउ समेत गरेका छन । यस विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीले स्थलगत अनुगमन गरी छानविन भईरहेकाले यस विषयमा केहि दिन भित्रमै निछोड हुने जानकारी दिएको छ ।
source:http://sarathionline.com