होटलबाट ७ जोडी र ११ जना लागु औषध कारोबारी
धरान । धरानमा प्रहरीले होटल सहित लागु औषध कारोबारीमा संलग्नहरु माथि निगरानी वढाउन थालेपछि त्यसमा संलग्नहरु धमाधम पक्रउा पर्न थालेका छन् । दुई साताको अवधीमा प्रहरीले धरानको होटलबा रंगेहात ७ जोडी र ११ जना लागु औषधमा कारोबार गर्नेलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीको निगरानीको कारणले पनि धरानमा पछिल्लो समय यौन व्यवसाय फस्टाउन थालेको बुझिएको छ । धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा लुकीछिपी यौन व्यवसाय फस्टाउँदै गएको प्रहरीको अनुुसन्धानले देखाएको छ ।धरान प्रहरीले होटलबाट १५ दिनको अवधिमा ७ जोडीलाई रंगेहात प्रक्राउ गरी कारबाही अगाडि बढाएको छ । पक्राउ परेका सबैलाई यस क्षेत्रमा रहेको डुकु होटलबाट प्रक्राउ गरेको जनाएको छ ।
पछिल्लो समयमा अर्थात तीन दिन अगाडि समेत प्रहरीले डुकुमा छापा मार्दा रंगेहात दुई जोडी फेला पारे पनि दुई युवक भने होटलबाटै भाग्न सफल भएको र युवतीलाई भने इलाका प्रहरी कार्यालय धरानमा राखिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए । होटलमा यसरी बारम्बार जोडी भेटिएपनि प्रहरीले डुकु होटलका सञ्चालकलाई चेतावनी दिएर कागज गराएर छाडिदिएको छ । यस क्षेत्रका अधिकांश होटलमा यौन व्यवसाय पाइएकोले अब धरान प्रहरीले कडाइ गर्ने डिएसपी खतिवडाको भनाई छ । यौन व्यवसायमा अधिकांश छोडपत्र गरेर बसेका श्रीमान तथा श्रीमति, वैदेशिक रोजगारमा गएका श्रीमान अथवा श्रीमतिमात्र हैन कलेजमा पढ्ने युवा युवतीहरु समेत संलग्न रहेको पाइएको उहाको भनाई छ ।

कतिपयले भने बच्चा साथमा लिएर आउने र परिवारको अभिनय गर्ने गरेको समेत पाइएको डिएसपी पौडेलको भनाई छ । प्रक्राउ परेका अधिकांशलाई सार्वजनिक मुद्दा लगाउने गरिएको र यौन व्यवसाय गर्ने होटलहरुलाई आइन्दा त्यसो नगर्न चेतावनी दिएर छाडिदिने गरिएको उनको भनाई छ । यसैवीच प्रहरीले १२ दिनको अवधिमा ११ जनालाई विभिन्न प्रकारका ठूलो परिणामका लागू औषध सहित पक्राउ गरेको छ ।धरान प्रहरीले धरानको विभिन्न स्थानबाट ११ जना लागू औषध कारोबारीसहित उनीहरुको साथमा रहेको १ सय ६ सेट टिटी जेसिक, ३ सय ४० थान नाइट्रोसन, ६४ थान स्पास्पो प्रोक्सोभन (एसपी) सहित ६ सय ७ ग्राम ब्राउन सुगर बरामद गर्न सफल भएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
प्रहरीले जेष्ठ १५ गते धरान १३ का १३ का २० बर्षीय रविन साहलाई ५० थान लागू औषध, १७ गते धरान १का २५ बषीय विनय मगर र २० बर्षीय सौगात खवासलाई १ हजार १ सय सेट टिटी जेसिक, २२ गते धरान ३ का ३१ बर्षी सुरज साह र २४ बर्षीय सिद्धराज कार्कीबाट ४६ सेट टिटी जेसिक, २४ गते धरामपुर ६ का २६ बर्षीय अजय राईलाई ६ सय ७ग्राम ब्राउन सुगर र २५ गते को १ ह ९७९२ मा टेम्पो चालक धरान ११ का भविन तामाङ र धरान ६ पानबारीका सविन बस्नेतले टेम्पोको सिटमुनी लुकाई ल्याएको अवस्थामा ६४ थान स्पास्पो प्रोक्सिन । २ सय ४० थान नाइट्रोसनसहित धरानका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।प्रक्राउ परेकाहरुलाई म्याद थप गरी लागू औषध कारोबार ऐन २०३३ अनुसार कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएपी पौडले जानकारी दिए ।
http://www.aujarnews.com बाट साभार गरीएको