एजेन्सी – विगत लामो समय देखी प्रेम सम्बन्धमा रहेका बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको अन्ततः विवाह मिति तय भएको छ। मंगलबार उनीहरुको विवाह मिति सार्वजिनक भएकाे हाे। 

हिन्दुस्थान टाइम्सका अनुसार रणवीर र दीपिकाको विवाह आउदो नोभेम्वर २० मा इटालीको लेक कोमोमा हुने छ। उनीहरुको विवाह सम्बन्धी सम्पुर्ण तयारी पुरा भइसकेको छ। 

सन् २०१३ बाट प्रेममा रहेको यो जोडीले अहिलेसम्म सार्वजनिक रुपमा आफ्नो प्रेम सम्बन्धका बारेमा भने केही पनि खुलाएका थिएनन्। सन् २०१३ यता ३ वटा फिल्महरु रामलिला, बाजिराव मस्तानी र पद्यावतमा अभिनय गरेको यो जोडीको बलिउडमा निकै ठूलो चर्चा हुने गरेको छ।