धरान : चर्चित गायक दिपक बज्राचार्य आफ्नो सांगीतिक समूह रिदम र नेवारी संस्कृतिक समुहको साथ पूर्वको धरान र पथरीमा आफ्नो सांगीतिक प्रस्तुति दिन आउदैछन । आगामी भदौ २२ गते शुक्रबार पथरीश निस्चरेस्थित पथरी रंगशाला र
भदौ २३ गते शनिबार धरानको पब्लिक स्कुलको मैदानमा आयोजना हुने टुबोर्ग मेगा लाइभ कन्सर्ट २०१८ मा गायक दिपक बज्राचार्य गुन्जिनेछन् ।
काली काली हिस्सी परेकी . ओ अमिरा , समय , कत्ति बस्छौ माईतीघरमा ,
अँध्यारोमा , मायाको डोरीले , जाऊ फर्केर जाऊ, म कुनै ऋतु हैन , तिमीलाई भुलेको छैन
,नदुखेको मन जानी जानी , झुमी झुमी ,सानी हुदै मनमगनजस्ता थुप्रै हिट गीतहरु दिएर देश-
विदेशमा अहिले सम्म उतिकै व्यस्त रहने केहि गायकहरु मध्ये दिपक बज्राचार्य पनि पर्दछन् ।
पछिल्लो समयमा आफ्ना पुरानो गीतहरुमा समेत नेवारी संस्कृति ,नेवारी बाजा , लाखेनाचहरु को
सम्मिस्रण गरि आफ्नो भिन्न पहिचान बनाउन सफल गायक दिपक बज्राचार्यले पूर्णत नेवारी
संस्कृतिलाई आधुनिक रुपमा पस्किएको पछिल्लो नया गीत मनमगनले उनलाई पुन नया
उचाई दिएको छ । यहि गीतको लोकप्रियताले अहिले उनि सांगीतिक वर्ल्डटुरको लागि व्यस्त छन्
। भर्खरै नेवारी भर्शनमा रिलिज गरिएको यो गीतको नेपाली भर्शन ५० लाख माथिले हेरिसकेका
छन् भने चाडै नै यहि गीत ओरिजिनल भिडियो संगै हिन्दी भाषामा समेत आउदैछ र यसको
प्रवद्वनको लागि भारतको डिजीट्युन कम्पनीले एक करोड खर्च गर्दैछ ।
धरान र पथरीमा हुने कन्सर्टमा उनले आफ्ना नया पुराना गीतहरु गाउनेछन् । लामो अन्तराल
पछि धरानमा कन्सर्टको लागि आउन लागेका दिपकको पथरीमा भने पहिलो कन्सर्ट हो ।
टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्ट र माउन्ट एभरेस्ट
स्पोर्ट्स एंड इभेन्टको संयोजनमा तथा नेवा : दय दबुको सहभागितामा हुन लागेको कार्यकर्ममा
दिपक बज्राचार्य संगै पूर्वका चर्चित गायक डिल्ली फोम्बो र उनको ब्याण्ड द बिमोक्स , चर्चित
र्यापर बुलेट फ्लो (जीएक्स सोल ) ले आफ्नो प्रस्तुति देखाउनेछन् ।