धरान: अस्ट्रेलियामा पढ्न जान चाहने विद्याथीलार्इ लक्षित गरी अस्ट्रेलियाको शैक्षिक क्षेत्रको जानकारी दिनका साथै अस्ट्रेलियामा पढ्न जाने सबै प्रकृया पुरा गरी अस्ट्रेलियाको कलेज तथा युनिभर्सिटिहरूमा भर्ना गर्नकालागि एक दिने धरानमा एडमिसन डे हुने पत्रकार सम्मेलन गरी जानकारी गरार्इएको छ ।
दि नेक्स्ट एजुकेसन कन्सल्टेन्सी धरान शाखाको आयोजनामा हुने उक्त एडमिसन डे यहि भदौ १९ गतेका दिन दि नेक्स्ट एजुकेसन कन्सल्टेन्सी धरानको कार्यलय धरान ९ पुतलिलाइनमा हुनेछ । उक्त एडमिसन डे मा अस्ट्रेलियाका १० वटा कलेज र २ वटा युनिभर्सिटिका प्रतिनिधिसंग प्रत्यक्ष भेटेर अस्ट्रेलियाको शैक्षिक क्षेत्रको बारेमा जानकारीहरू लिन सकिनेछ ।
विशेष गरी भर्खरै मात्र नतिजा प्रकाशन भएको कक्षा १२ का विद्याथी, कक्षा १२ को मौका परीक्षा दिएका विद्याथी र स्टाफ नर्सको परीक्षा दिएकाविद्याथीहरुलार्इ मध्यनजर गरी उक्त एडमिसन डे को आयोजना गरीएको टप युनिभर्सल एकेडेमिका निर्देशक प्रकाश लकान्द्रिले बताएका छन् ।
अष्ट्रेलियामा पढ्न जाने विद्याथीहरुलाई सम्पूर्ण युनिभर्सिटि र कलेजका विषयमा जानकारी दिइनुका साथ साथै अष्ट्रेलियामा विद्याथीहरुका लागि बनेका नियम कानुन, रहन सहनको विषयमा जानकारी गराउनका लागि अस्ट्रेलियन युनिभर्सिटीका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा जानकारी गराउनेछन् । जसको कारणले विद्याथीले अझ सहज तरिकाले अष्ट्रेलियाका बारेमा जान्ने मौका पाउने भएका छन् । विद्यार्थीहरुले उक्त दिन अस्ट्रेलियाका लागि सम्पूर्ण प्रमाणपत्रहरु पेश गरेर प्रत्यक्षरुपमा अस्ट्रेलियाको कलेज तथा युनिभर्सिटिमा आफ्नो भर्ना पनि हुन पनि सक्नेछन् ।