धरान : तिजको अवसरमा आयोजित प्रथम पिपल सप मिस तिजको उपाधि सविना मगरले जितेकी छिन् ।
धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको ब्याङकेटमा सोमबार आयोजित तिज उत्सवमा मगरले मिस तिजको उपाधि तिजेकी हुन् । मनोरञ्जन तथा भेटघाट गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उपाधि विजेता मगरलाई पिपुल सपकी प्रोपाइटर कविता लिम्बुले ताज पहिराइदिएकी थिइन् । साथै, विजेतालाई ट्रफी र गिफ्ट ह्याम्पर पनि प्रदान गरिएको थियो । उत्सवमा झुनाज फिटनेसकी प्रोपराइटर झुना राई, सौदर्यकला व्यवसायी महासंघकी केन्द्रीय सदस्य पुष्प प्रधान, सुनसरी अध्यक्ष शान्ता राई र सदस्य अम्बिका घिमिरेको निर्णायक समितिले मगरलाई विजेता घोषित गरेको हो ।

1 1


यसैगरी, तिज उत्सव टाइटल अवार्डतर्फ वेस्ट जुरोमा सेलिना तामाङ, वेस्ट हेयर अम्विका श्रेष्ठ, वेस्ट ड्रेस सरु मास्के, वेस्ट फिगर सिन्धु लिम्बू, वेस्ट मेकअप बिध्या सुव्बा, वेस्ट कपल तारा श्रेष्ठ र नैनकला श्रेष्ठ, प्रोत्साहन पुरस्कार नैनाकला शर्माले हात पारिन् । यस्तै, उत्सवको वेष्ट तिज डान्सरको उपाधि विनु श्रेष्ठले जितिन् भने फस्ट रनरअप राधा बुढाथोकी र सेकेन्ड रनरअप संगीता प्रधान घोषित भएका थिए । उनीहरुलाई पनि ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
उत्सवको उद्घाटन प्रमुख अतिथि एवं धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले गमलाको विरुवामा पानी हालेर गरेकी थिइन । सोही कार्यक्रममा दुवै मृगौलामा समस्या भई डाइलाइसिस गरिरहेका किरात राई पत्रकार संघ सुनसरीका अध्यक्ष प्रविण राईलाई उपचारमा सहयोग स्वरुप नगद रु ११ हजार १ सय ११ रुपैया पनि आयोजकले प्रदान गरेको थियो । विरामी राई आफै आउन नसकेपछि उनकी श्रीमति अन्दिला श्रेष्ठलाई सहयोग रकम प्रदान गरिएको थियो । उत्सव पिपल सपको आयोजना र सौन्दर्यकला व्यवसायी संघ धरान र लायन्स क्लव अफ धरान, बुढासुब्बाको सहआयोजनामा भएको थियो ।