धरान : डान्स कोरियोग्राफरको रुपमा चर्चा कमाएकी रेनेशा बान्तवा राईले निर्देशन गरेको चलचित्र ‘ईन्टु मिन्टु लण्डनमा’ आगामी असोज ५ गतेदेखि प्रर्दशनमा आउने भएको छ ।
डेब्यु निर्देशन रहेको यो चलचित्रको प्रर्वद्धन गर्न उनीसहितको फिल्म टोली यतिबेला देश दौडाहामा निस्केको छ । फिल्मको प्रर्वद्धन गर्न शनिबार धरान आएको टोलीले बगरकोटस्थित होटल अर्किडमा पत्रकार सम्मेलन आयोजना गर्यो भने दिउँसो धरान ८ स्थित गोरखा डिर्पाटमेन्ट स्टोरमा सांगीतिक कार्यक्रमसमेत गरेको थियो । आइकोर फिल्मसको व्यानरमा बनेको चलचित्रलमा चर्चित युट्युबर धिरज मगर, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, सारुक ताम्राकारलगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्र प्रभु शम्सेर जबरा र प्रज्वल शम्सेर जबराले निर्माण गरेका हुन् ।
चलचित्र आगामी असोज ५ गतेदेखि देशभर रिलिज हुने मुलुकभरका सिनेमा हलहरूमा प्रर्दशनमा आउने निर्देशक राईले जानकारी दिइन् । चलचित्र प्रेम र रोमान्सले भरीएको उनले बताइन् । ‘दुई नायक र एक नायिकाबीचको माया प्रिति र रोमान्स छ, दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने विश्वास छ,’निर्देशक राईले भनिन् । लगानी भने चलचित्र प्रर्दशन आएपछि मात्र खुल्ने निर्माण पक्षले जनाएको छ । यो चलचित्र नेपालसँगै हङकङमा पनि सुटिङ भएको थियो ।

तस्बिर : धरानमा आयोजित पत्रकार सम्मेलनमा चलचित्रको टिम