धरान । दुई दर्जन किसोरीहरु कलेज सकेपछि खाना खाएर हत्तारिदै धरान १२, अमान बजारस्थित धरान फिटनेश क्लबको हलमा पुग्छन् । दिउँसो १ बजे पुगेका उनीहरु त्यहाँबाट हरेक दिन केही नयाँ बिषयमा ज्ञान लिएर निस्कन्छन् ।
खासमा उनीहरु टिनएज उमेरका किसोरी छात्राहरुको व्यक्तित्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजित मिस प्लस टु सिजन २ का प्रतिस्पर्धीहरु हुन् । आयोजक विग इभेन्ट प्रालिले उनीहरुलाई भदौ १३ गतेदेखि बन्द प्रशिक्षणमा सहभागी गराइरहेका छन् । अहिले हरेक दिन नयाँ बिषय तथा व्यावहरिक ज्ञान उनीहरुले पाइराखेका छन् । बन्द प्रशिक्षणमा अडिशनबाट छानिएका २४ जना किसोरी एवं छात्राहरु छन् । ‘अडिशनबाट छानिएपछि सबैको अभिभावकहरुसँग अन्र्तक्रिया गरायौं, हाम्रो कार्यक्रमको प्रक्रिया, गतिविधि र उद्देश्यहरु बताएपछि बन्द प्रशिक्षण शुरु गरेका छौं,’इभेन्टका प्रचार संयोजक विकास चाम्लिङले भने ।
प्रशिक्षणमा धरानमा कक्षा १२ अध्ययनरत तथा परीक्षा दिएर बसेका छात्राहरु छन् । जसमा प्रतिमा राई, स्मृता गुरुङ, इक्सा लिम्बु, कृति लिम्बु, सविना अधिकारी, सोना राई, बेरुजा मादेन, सुष्मा मगर, रोजनी लिम्बु, र्सुक्षा लिम्बु, पेम्दीकी तामाङ, प्रतिभा श्रेष्ठ, सलिना तामाङ, संगीता श्रेष्ठ, सुजिता राई, दिपिका गुरुङ, प्रजिता तामाङ, सुमी चौधरी, दिव्या राई, सोनु मगर, जिया लिम्बु, रञ्जु लिम्बु, सुप्रिना शेर्पा र प्रेक्षा तामाङ रहेका छन् । ‘घर, कलेजमा सिमित भएका छात्राहरुलाई समाज बुझाउने र सामाजिक बनाएर अगाडि बढाउने उद्देश्यले इभेन्ट आयोजना गछौं । महिलाहरु घरगृहस्थीमा मात्र सिमित नहोस् भन्ने हो,’प्रालिका अध्यक्ष सन्तोष राईले भने ।
सहभागीहरुलाई दिइने तालिमहरु
फेशन शोहरुमा मोडलहरु र्याम्प वक गरेका देखेका किसोरी छात्राहरु अहिले आफै क्याटवक गर्न सिकिरहेका छन् । उनीहरुलाई चर्चित डिजे ललितले कोरियोग्राफी क्लास दिइरहेका छन् । हिड्ने, बोल्ने र आफु कसरी प्रस्तुत हुने भनेर डिजे ललितबाट उनीहरुले सिकिरहेका छन् ।
यस्तै, सौन्दर्य कला प्रशिक्षण लिइसकेका सहभागीहरुलाई उद्घोषण र प्रभावकारी भाषण कला तालिम दोर्पध्वज राईले दिइसकेका छन् । प्रशिक्षक राईले नै व्यक्तित्व विकास र मानवअधिकारको प्रशिक्षण पनि दिएका थिए । महिला अधिकार तथा हिंसा विरुद्धको कानुनको बिषयमा महिला सञ्जालकी अध्यक्ष सविता राई, महिला स्वास्थ्य तथा सरसफाईको बिषय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी एसिस्टेण्ड प्रोफेसर डा.लक्ष्मी रेग्मीले पनि ज्ञान, अनुभव बाडिसकेकी छिन् । यस्तै, छुवाछुत तथा जातीय भेदभावको बिषयमा दलित अभियन्ता विनोद लोहारले पनि सहभागीहरुलाई चेतनामुलक कक्षा लिइसकेका छन् ।
सहभागीहरुलाई अझै पर्यटन, आधारभुत पत्रकारिता, टेवल शिष्टचार, फोटो सुट, कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीबाट उत्प्रेरणामुलक प्रवचन पनि दिलाउन बाँकी रहेको विग इभेन्टले जनाएको छ । यस्तै, पुर्वविजेताहरुको अनुभव, मिस ट्यालेन्ट, ब्युटिफुल, फ्रेण्डसिपलगायत स्पर्धा पनि ग्राण्ड फाइनलअघि नै हुने प्रचार संयोजक चाम्लिङले बताए । प्रतियोगिताको फाइनल आगामी असोज १३ गते सभागृहमा हुनेछ ।
विजेताले मुख्य उपाधिको ताजसँगै नगद ४५ हजार,ट्रफी र छात्रवृत्ति पनि पाउनेछन् भने फष्ट रनरअपले नगद २५ हजार, ताज, ट्रफीसँगै छात्रवृत्ति पाउनेछन् । सेकेण्ड रनरअपले नगद १५ हजार, ताज , ट्रफी र छात्रवृत्ति पाउनेछन् । यसबाहेक मिस ट्यालेन्ट, मिस ब्युटिफुल, मिस फ्रेण्डसिप, मिस वेस्ट वक, मिस स्माइल, मिस पर्सनालिटी, विस वेष्ट ड्रेस, मिस फोटोजेनिक र मिस डिसिप्लिन टाइटल पनि दिइनेछ । गत बर्षबाट शुरु भएको यो प्रतियोगिताको पहिलो सँस्करणको उपाधि सिमरन तुलाधार, फष्ट रनरअप विलम राई र सेकेण्ड रनरअप आरती बस्नेतले जितेका थिए ।

तस्बिर क्याप्सन :
मिस प्लस टु, २०१८ को बन्द प्रशिक्षणमा रहेका छात्राहरु ।

aIMG_0021 aIMG_0009 aIMG_0067 aaaIMG_9973 aIMG_0068 aIMG_9955 aIMG_9960