धरान : विग इभेन्ट नेपालको आयोजनामा हुन लागेको मिस प्लस टु दोस्रो सिजनको शनिवार सिओन मिस ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ ।
धरान १६ स्थित सिओन स्कुल परिसरमा आयोजना भएको ट्यालेन्ट राउण्डमा २४ जना प्रतिस्पर्धीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । प्रतिस्पर्धीहरुले नृत्य, गायन र भाषणकला मार्फत आफ्नो प्रतिभा प्रस्तुत गरे । यो प्रस्तुतीको आधारमा एक सहभागीलाई फाइनलमा सिओन मिस ट्यालेन्टको उपाधि बिजेता घोषित गरिनेछ । मिस ट्यालेन्ट राउण्डमा प्रमुख अतिथिसमेत रहेका ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक किशोरकुमार कार्की, पर्यटन समितिका सह संयोजक किशोर थुलुङ, हाम्रो डान्स सेन्टरका नृत्य निर्देशक दिवस श्रेष्ठ निर्णायक थिए ।
कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि र अवसर प्रदानको मिस प्लस टु आयोजना गरिएको हो । अडिशनबाट छानिएका २४ जना छात्राहरुलाई क्षमता अभिवृद्धिको लागि विभिन्न विषयमा प्रशिक्षण भइरहेको छ । सहभागीहरुलाई महिला अधिकार, जातीय विभेद, उदघोषणकला, व्यक्तित्व विकास, फोटो सुट, सौदर्यकलालगायत विभिन्न तालिमहरु आयोजकले दिइसकेको अध्यक्ष सन्तोष राईले बताए । कार्यक्रमको ग्राण्ड फिनाले असोज १३ गते शनिवार धरान ८ स्थित सभागृहमा हुनेछ ।

तस्विर क्याप्सन :
आफ्नो प्रतिभा प्रस्तुत गर्दै सहभागीहरु ।

1 98 4 2 5 1 6 7 8 2 7 9 10 11 1 12 13 14 15 16 17 20 18 21