धरान : मिस ग्राण्ड इन्टरनेशनल २०१८ की फष्ट रनरअप मोडल तथा रेडियोकर्मी इक्सा मादेनलाई शुक्रबार सम्मान गरिएको छ ।
लिम्बु पत्रकार संघ सुनसरीले शुक्रबार किरात याक्थुङ चुम्लुङ, धरानको हलमा एक समारोहबीच सम्मान गरेको हो । मादेन धरानको विजयपुर एफ.एम.मा कार्यरत छिन् । यस्तै, उनी लिम्बु पत्रकार संघकी उपाध्यक्ष पनि हुन् । राजधानीमा आयोजित मिस ग्राण्ड इन्टरनेशनलमा उनले फष्ट रनरअपको ताज जितेकी थिइन् । संघका अध्यक्ष कुशल कुरुङवाङले अन्र्तराष्ट्रिय प्रतियोगितामा फष्ट रनरअप भई पुर्व क्षेत्र र लिम्बु समुदायको शिर उचो बनाएकोले सम्मान गरिएको बताए । मादेनलाई थप सफलता र हौसला दिलाउन कार्यक्रम गरिएको उनको भनाई थियो । मादेनलाई संघका अध्यक्ष कुरुङवाङ, अग्रज पत्रकार हर्ष सुब्बा, चुम्लुङकी केन्द्रीय सदस्य संगीता सुब्बा, संघकी सचिव मेरिना तुम्साले खादा ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए । मादेनले पनि छोटो मन्तव्य राख्दै सबैको साथ सहयोगकै कारण सफल भएको भन्दै अझै अघि बढ्ने हौसला मिलेको बताएकी थिइन् ।

तस्बिर  : मिस ग्राण्ड इन्टरनेशनल २०१८ की फष्ट रनरअप इक्सा मादेनलाई सम्मान गरिदै ।