धरान : कक्षा ११ र १२ मा अध्ययरत छात्राहरुको क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजना भइरहको मिस प्लस टु दोस्रो सिजनका प्रतियोगीहरु शनिबार पदयात्रामा गएका छन् । आयोगक विग इभेन्ट नेपाल प्रालिले उनीहरुलाई पर्यटन र अग्र्यानिक कृर्षिबारे जानकारी गराउने उद्देश्यले पदयात्रामा लगेको जनाएको छ । पदयात्रामा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए । उनीहरुलाई धरान १२ अमानबजारदेखि सिंहदेवी चोक हुदै विजयपुर डाँडामा अवस्थित महत्वपुर्ण धार्मिक तथा पर्यटकीय स्थलहरुमा घुमाइएको थियो । प्रतियोगीहरुलाई दन्तकाली शक्तिपिठ, पिण्डेश्वर र बुढासुब्बा हुदै पदयात्राको रुट बनाइएको थियो । त्यसक्रममा पर्यटनमा पनि कलम चलाइरहेका पत्रकार रोहित राईले प्रतियोगीहरुलाई ती मन्दिरहरुको स्थापना र महत्वको बिषयमा जानकारी गराएका थिए । प्रतियोगीहरु बुढासुब्बा मन्दिर हुदै सेउतीको झोलुङ पुल तरेर अग्र्यानिक गाउँ धरान ४ वसन्तटार पुगेका थिए । पदयात्रामा पनि सहभागी धरान उपमहानगरपालिकाअन्र्तगतको पर्यटन विकास समितिका सहसंयोजक किसोर थुलुङले धरानमा भइरहेको पर्यटन विकासको कार्यक्रम र सम्भावनाहरुको बिषयमा जानकारी गराएका थिए । वसन्तटारस्थित अग्र्यानिक युवा कृषक कृष्ण राईले प्रतियोगीहरुलाई आफ्नो फर्मको अवलोकन गराउदै अग्र्यानिक खेतीबाट हुने फाइदा र कृर्षि पर्यटनबारे जानकारी दिए । प्रतियोगिताका प्रचार संयोजक विकास चाम्लिङका अनुसार सहभागीहरुको ज्ञानको दायरा फराकिलो बनाउन विविध बिषयमा ज्ञानर्वद्धक कार्यक्रमहरु भइरहेको छ । उनले भने,‘त्यसैक्रममा पर्यटन र कृर्षिबारे जानकारी गराउन धार्मिक मठमन्दिर हुदै वसन्तटारको कृषि फर्ममा पदयात्रामा गएका थियौं ।’
करिब १५ किलोमिटर पदयात्रा गर्दा थकित बनेपनि सहभागीहरुले धेरै ज्ञानगुनका कुरा जान्न पाएको भन्दै खुशी थिए । सहभागी सुमी चौधरीले भनिन्,‘यति लामो यात्रा पहिलो पटक पैदल हिडेको हो, थकित भयौं । तर नयाँ नयाँ कुरा जान्न पाएकोले खुशी नै छांै ।’ मिस प्लस टुको फाइनल आउदो शनिबार असोज १३ गते सभागृहमा हुदैछ ।

कुजानुद्धारा १५ हजार प्रदान
धरान १५, वगरकोटस्थित कुजानु सेकुवा हाउसले मिस प्लट टुको आयोजक विग इभेन्ट नेपाल प्रालिलाई १५ हजार नगद प्रदान गरेको छ । प्रतियोगिताको लागि मिस भिअर्स च्वाइस टाइटल प्रायोजन गरेको कुजानुले सोही पुरस्कारको लागि नगद १५ हजार प्रदान गरेको हो । कुजानुका प्रोपाइटर शुक्रराज मेन्याङ्बोले शनिबार प्रालिका निर्देशकद्धय विकास राई र ललित राईलाई नगद हस्तान्तरण गरेका थिए ।


 3 5 2 11 1 105

तस्बिर :शनिबार पदयात्रामा निस्केका मिस प्लस टुका प्रतियोगीहरु ।
र,
धरान ४, वसन्तटारमा अग्र्यानिक अभियन्ता कृष्ण राईको फर्म अवलोकन गर्दै प्रतियोगीहरु