धरान : विग इभेन्ट नेपालको आयोजनामा सञ्चालन भइरहेको मिस प्लस टु सिजन टुको लागि मंगलबार बुढासुव्वा डेन्टल मिस व्युटिफुल अवार्डको छनौट गरिएको छ ।
अमान वजार स्थित धरान फिटनेस क्लबको हलमा आयोजित मिस व्युटिफुल अवार्डमा २३ प्रतिस्पर्धी छात्राहरु सहभागी थिए । सो अवार्डको लागि निर्णायकको रुपमा बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डर्मालोजीका असिस्टेन्ट प्रोफेसर प्रज्वल पाण्डे, पुर्व मिस कोशी तथा सुनसरी वडिविल्डिङ्ग संघकी कोषाध्यक्ष कृति श्रेष्ठ, कार्यक्रको अफिसियल व्युटि सेलुन रेड कार्पेटका हेयर डिजाइनर सन्तोष ठाकुर र बुढासुव्वा डेन्टलका डा. कश्मिरा पोखरेल रहेका थिए । निर्णायकहरुले सहभागीहरुको छाला, दात, कपाल, फिटनेस र उनीहरुको प्रस्तुती निरीक्षणको आधारमा मिस ब्युटिफुलको अवार्डको विजेता निर्धारण गर्ने आयोजकले जनाएको छ । वुढासुव्वा डेन्टल मिस व्युटिफुल अवार्डको नतिजा ग्राण्ड फिनालेमा घोषित हुनेछ।
प्लस टुमा अध्यनरत छात्राहरुको क्षमता अभिवृद्धि, पहिचान र अवसर प्रदान गर्ने उद्देश्यले विग इभेन्ट नेपालले कार्यक्रम आयोजना गरेको हो । प्रतियोगितामा २४ जना छात्राहरु सहभागी छन् । उनीहरुको क्षमता अभिवृद्धिका लागि महिला अधिकार र हिंसा सम्वन्धी, जातिय विभेद सम्वन्धी, उदघोषकला र व्यक्तित्व विकास तालिम, फोटो सुट, सौदर्यकला तालिम, लैंगिक विभेद, धरान उपमहानगरपालिकाको सहयोगमा पर्यटन प्रवद्र्धनलगायत विभिन्न कार्यक्रमहरुमा सहभागी गराएको प्रचार संयोजक विकास राईले जानकारी दिए । प्रतियोगिताको ग्राण्ड फिनाले यही असोज १३ गते शनिवार धरान ८ स्थित सभागृहमा हुनेछ ।