धरान : करिब अढाई दशक अघि स्थापना भएको चर्चित पोखरेली ब्याण्ड कन्दरा आगामी असोज १२ गते देखि पूर्वको तीन मुख्य सहरहरुमा आफ्नो सांगीतिक कार्यक्रम लिएर आउदैछन् ।
असोज १२ गते शुक्रबार दमकमा निर्माणाधीन रहेको हाम्रो बाल आश्रम निर्माणमा सहयोग पुर्याउने उद्देश्यले दमकस्थित सरस्वती मा.बी.को मैदानमा कन्दरा लाइभ इन कन्सर्ट हुदैछ भने असोज १३ गते शनिबार बिर्तामोडको टावर टेम्पल स्कुलको मैदानमा भान्जा इन्टरटेनमेन्टको आयोजना कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुदैछ । दुवै सहरमा पहिलो पटक प्रस्तुती दिन लागेको कन्दरा ब्यान्डले आगामी असोज १५ गते सोमबार धरानमा झण्डै २ दशकपछि कन्दरा लाइभ इन कन्सर्टमार्फत आफ्नो प्रस्तुति दिनेछ ।
कन्दराको लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी त्यो गाउँमा’, ‘डाँडा पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छीको’, बिश्वासको दियो , बिदिसिएर गईन उनी.. जस्ता चर्चित गीतहरु छ । कन्दरा ब्याण्ड लामो समयको अन्तराल पछि पुनः सांगीतिक क्षेत्रमा आएको हो । गतबर्ष पनि उर्लाबारी र इनरुवामा प्रस्तुती दिन आएको कन्दरा ब्याण्ड अहिलेको पुर्व टुरबाट एकदमै उत्साहित रहेको मुख्य भोकलिस्ट बिबेक श्रेष्ठ बताउछन् । ‘दमक र बिर्तामोडमा पहिलो पल्ट र धरानमा १९ बर्षको अन्तरालमा कार्याक्रम गर्न आउदैछौ, दर्शक स्रोताहरुको राम्रो साथ पाउने आशा छ,’कन्दराका बिबेक श्रेष्ठले भने । सिल्भर इन्टरटेनमेन्टको व्यावस्थापन र नेपाल आइस नेचुरा बियरको प्रायोजनमा कन्दरा लाइभ इन कन्सर्ट आयोजना हुन लागेको हो ।