दमक : स्थित सरस्वती मा बी को मैदानको चहलपहल शुक्रबार दिउसो देखि बिस्तारै बढ्दै बढ्दै करिब ५ बजे बाट दमक नगरपालिकाको प्रमुख रामनाथ ओलीको प्रमुख आथित्यमा दमक वडा न । २ खरखरे स्थित हार्मो बाल आश्रमको भवन निर्माण सहयोगार्थ आयोजित सांगीतिक कार्यक्रम कन्दरा लाइभ इन कन्सर्टको सुरुवात भयो । सुरुवातमा उर्लाबारीको सेन्ट्रल फेसन हबको तर्फबाट फेशन सो समेत देखाइएको कार्यक्रममा लगभग सवा ६ बजे तिर कन्दरा ब्याण्डका गायक बिबेक श्रेष्ठ के पहाड के तराई के हिमाल एउट नेपाल भन्दै स्टेजमा झुल्किए । १५ बर्ष अघि दमकमा कन्दरा ब्याण्डको कार्यक्रम आयोजना गर्न चाहनेहरुहरु लाई धन्यवाद दिदै दमकमा कार्यक्रम बल्ल आएर जुरेको बताउदै उनले बिदेशिएर गईन उनि , चन्चले कान्छी , डांडा परि ,तिमी पारी त्यो गाउँमा , भेडीगोठैमा , हंगकंग पोखरा लगायत का आफ्ना चर्चित तथा लोकप्रिय गीतहरु गाएर सरस्वती स्कुलको मैदानमा जम्मा भएको हजारौ दर्शकहरुलाई नचाउन सफल भए । सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा हाम्रो बालआश्रम को आयोजना र नेपाल आइस बियरको प्रयोजनमा कार्यक्रम आयोजना भएको थियो । आज शनिबार बिर्तामोडको टेम्पल टाउन स्कुलको मैदानमा हुने कन्दरा लाइभ इन कन्सर्ट (बिर्तामोड कार्यक्रम सकेर १९ बर्ष को अन्तरालमा कन्दरा ब्याण्ड धरानमा आउदो असोज १५ गते सोमबार पब्लिक स्कुलको मैदानमा आयोजना हुने कन्दरा लाइभ इन कन्सर्ट (धरान कार्यक्रममा आफ्ना लोकप्रिय गीतहरु लिएर आउदैछन् । 

 

IMG0001 (2) IMG_6611 2 IMG0001 (4)