धरान : धरान १६ को सियोन उमाविमा कक्षा ११ मा अध्ययनरत संगीना श्रेष्ठले बराह ज्वेलरी मिस प्लस टु २०१८ दोस्रो सँस्करणको ताज तिजेकी छन् ।
शनिबार मध्यराति धरान ८ स्थित सभागृहमा सम्पन्न भएको ग्राण्ड फेनालेमा अन्य २२ प्रतिस्पर्धीहरु भन्दा आफु अब्बल रहेको सावित गर्दै संगीनाले ताज पहिरिन सफल भएकी हुन् । उनले प्रमुख निर्णायक एवं मिस नेपाल निकिता चण्डकको प्रश्नको उत्कृष्ट जवाफ दिदै दोस्रो सँस्करणको उपाधि तिजेकी हुन् । चण्डकले टप ५ प्रतिस्पर्धीहरुलाई । ताज जित्नु भएन भने के प्रतिक्रिया हुन्छ भन्ने प्रश्न सोधेकी थिइन् । यसको सटिक एवं उत्कृष्ट जवाफ दिदै संगीना विजेता भइन् । उनले नगद ४५ सँगै विजेताको क्राउन पहिरिइन् । गत सँस्करणको विजेता सिमनर तुलाधरले ताज पहिराइदिएकी थिइन् । उनले ज्योति लाइफ इन्स्युरेन्सबाट १५ लाखको निःशुल्क दुर्घटना विमाको सुविधा पनि पाइन् । विजेता श्रेष्ठले नेपाल फिजिक मिस पर्सानालिटी र कुजानु खाजा घर मिस भ्युअर च्वाइसको टाइटल पनि जितिन् । यसैगरी, यस्तै, फष्ट रनरअप एम्स एकेडेमीकी छात्रा सोनु मगर भइन् भने सेकेण्ड रनरअपको ताज धरान आर्दश कलेजकी छात्रा दिपिका गुरुङलले जितिन् । एम्समा कक्षा १२ मा अध्ययनरत छात्रा सोनुले नगद २५ हजार र १० लाख बराबरको दुर्घटना विमाको सुविधा पाइन् । उनलाई गत सँस्करणकी विलोम राईले ताज पहिराइदिएकी थिइन् । धरान आर्दशमा १२ कक्षाकी छात्रा दिपिकाले नगद १५ हजार र ५ लाख बराबरको दुर्घटना विमा पनि पाइन् । उनलाई गत बर्षकी विजेता आरती बस्नेतले ताज पहिराइदिएकी थिइन् । फष्ट रनरअप सोनुले टप गोर्खा मिस डाइनामिकको टाइटल पनि जितेकी थिइन् ।

3 15

यस्तै, अन्य टाइटलहरुमा रेड कार्पेट मिस डिसिप्लिन सोना राई, सगरमाथा कलेज मिस फ्रेण्डसिप र सेताङ अग्र्यानिक मिस बेष्ट ड्रेसको उपाधि बेरुजा मादेनले जितिन् । बुढासुब्बा डेन्टल मिस स्माइल प्रिति लिम्बु, ज्योति लाइफ इन्स्युरेन्स मिस वेष्ट फोटोजेनिक प्रेजिता तामाङ, सिओन स्कुल मिस ट्यालेन्ट सुजिता राई, एनआइसि एसिया वेष्ट वाक सुप्रिना शेर्पा, पिपल सप मिस एक्टिभ प्रतिमा श्रेष्ठ र युनि क्याम्पस मिस ब्युटिफुलको टाइटल सविना अधिकारीले जितिन् ।
कुल २३ प्रतिस्पर्धीहरु मध्येबाट निर्णायकहरुले टप १० छनौट गरेका थिए । टप १० मा बेरुजा मादेन, प्रतिमा राई, संगीना श्रेष्ठ, सुप्रिना शेर्पा, सविना अधिकारी, पेम्दिकी तामाङ, सुजिता राई, दिपिका गुरुङ, सोनु मगर र सञ्जु लिम्बु चयन हुन सफल भएका थिए । उनीहरुलाई निर्णायकले सोधेको प्रश्नको जवाफको आधारमा पुनः टप ५ छनौट गरिएको थियो । टप ५ मा संगीना श्रेष्ठ, सविना अधिकारी, सोनु मगर, दिपिका गुरुङ र सञ्जु लिम्बु छनौट हुन सफल भएका थिए । प्रतियोगिताको टप ५ मा आउन सफल प्रतियोगिहरुलाई युनि क्याम्पसले निःशुल्क आइएलस् कोर्षको पनि सुविधा दिएको छ भने विभिन्न कलेजहरुबाट टप ५ ले स्नातक तहमा छात्रवृत्ति पनि पाउने भएका छन् । विजेताहरुलाई आयोजक विग इभेन्ट नेपाल प्रालिका अध्यक्ष सन्तोष राई, प्रमुख अतिथि एवं धरानकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, मिस नेपाल निकिता चण्डक, निर्णायकहरु किसोर कुमार कार्की, राजेश विद्रोही, डा.पप्पु रिजाल, सुनसरी उद्योग वाणिज्य संघका महासचिव शिवराज श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए ।

1 119 2 28 4 9 6 5 7 3