धरान :  चर्चित पर्यटकीयस्थल धरान १५ बगरकोटस्थित कुजानु सेकुवा हाउसले हालै सम्पन्न वराह मिस प्लस टु २०१८ दोस्रो सिजन उपाधि विजेताहरुलाई सम्मान गरेको छ ।
कुजानुले शुक्रबार साँझ आफ्नै हलमा बधाई एक कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान गरेको हो । कार्यक्रममा वराह मिस प्लस टु दोस्रो सिजनका विजेता संगिना श्रेष्ठ, फस्ट रनर अप तथा युनि क्याम्पस मिस एक्टिभ सोनु मगर, सेकेन्ड रनरअप दिपिका गुरुङ, सिओन मिस ट्यालेन्ट सुजिता राईलाई सम्मान गरेको थियो । यस्तै, रेड कार्पेट मिस डिसिप्लिन सोना राई, सगरमाथा मिस फ्रेन्डशिप र सोताङ अर्गानिक मिस वेस्ट डे्रस वेरुजा मादेन, एनआइसि मिस वेस्ट वक सुप्रिना शेर्पा, टप गोर्खा मिस स्माइल कृति लिम्वु, वुढासुव्वा मिस व्युटिफुल सविना अधिकारी, ज्योति लाइफ इन्सुरेन्स मिस फोटोजेनिक प्रोजिता तामाङ, पिपल सप मिस एक्टिभको उपाधि विजेता प्रतिभा श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

1 6


कुजानुका प्रोपराइटर शुक्रराज मेन्याङवोले सबैलाई खदा र प्रमाणपत्र प्रदान गरेका थिए । मिस प्लस टु दोस्रो सिजनका विजेता संगिनाले उपाधि संगै कुजानु भ्युअर्स च्वइस र नेपाल फिजिकल टे्रनिङ मिस पर्सनालिटिको अवार्ड पनि हात जितेकी थिइन् । सम्मान कार्यक्रममा भ्युअर्स च्वइसका प्रायोजकसमेत रहेका कुजानुले संगिनालाई मायाको चिनो र पाँच हजार रुपैया वरावरको डिनर कुपन पनि हस्तान्तरण गरेको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका पर्यटन वोर्ड संयोजक किशोर थुलुङ, मिस प्लस टु आयोजक विग इभेन्ट नेपालका अध्यक्ष सन्तोष राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, धरान इकाइ कमिटि अध्यक्ष कमल भट्टराई, सियोन कलेजका प्राचार्य सन्जिव राई, प्रेस नेपाल संगठनका केन्दिय सदस्य देवेन्द्र कार्की, किरात राई पत्रकार संघ, सुनसरीका सचिव शिसिर राई लगायतले विजेताहरुलाई वधाई तथा सुभकामना दिएका थिए ।
विजेता तथा मिस प्लस टु प्रतियोगितामा सहभागि छात्राहरुलाई प्रोत्साहन गर्नको लागि वधाई तथा सम्मान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका सभाध्यक्ष तथा कुजानुका प्रोपराइटर शुक्र मन्याङवोले जनाए । विग इभेन्ट नेपालले कक्षा ११ र १२ कक्षाका छात्राहरुको क्षमता अभिवृद्धि तथा अवसर प्रदानको लागि आयोजना गरेको मिस प्लट टुको दोस्रो सिजन गत शनिबार सम्पन्न भएको थियो ।