धरान : धरान आर्दश कलेजमा अध्ययनरत कान्देन लिम्बु पढाईमा मात्र होइन, गीत गाउन पनि अब्बल छन् ।
तेह्रथुम म्याङलुङका उनी हाल धरान आदर्शमा कक्षा ११ मा अध्ययरत छन् । अहिले उनको चर्चा सांगीतिक क्षेत्रमा पनि चुलिएको छ । गायन प्रतिभाहरुको खोजी गर्ने सांगीतिक रियालिटी शो पूर्वाञ्चल सिङगिङ स्टारको सिजन –६ मा उनी प्रतिस्पर्धी छन् । विभिन्न चरण पार गर्दै टप १० भित्र पर्न सफल करदेन उपाधि जित्न निक्कै उत्साहित पनि छन् । भन्छन्,‘सानैदेखि गीत गाउन रुचि थियो । अहिले सिङगिङ स्टारमा टप १० मा पुगेको छुँ, मैले मेरो गायन प्रतिभा देखाउने अवसर पाए । उपाधि जित्न पनि कडा मेहनत गर्छु ।’
सिङगिङ स्टारमा उपाधि जित्न गायनसँगै भोटिङ सिस्टम पनि छ । त्यसैले कान्देन आफुलाई भोट दिन सबैसँग आग्रह गर्छन् । उनलाई भोट गर्नको लागि मोबाइलको इन बक्समा गएर PSS 12 टाइप गर्ने अनि 34343 पठाउनुपर्छ । प्रतियोगिताको फाइनल असोज २७ गते धरान सभागृहमा हुनेछ ।