धरान: सामपरी सैलुन एण्ड स्पाले आफ्नो पहिलो स्थापना दिवस एवं बार्षिक उत्सव भव्यरुपमा मनाएको छ ।

आफ्नो स्थापना दिवसको अवसरमा सैलुनले हेयर एण्ड मेकअप फेसन सोको आयोजना गर्यो । धरान १५ वगरकोटस्थित एक क्लबमा आयोजित सोमा स्पेसल गेष्टकोरुपमा मोडल तथा कोरियोग्राफर प्रशान्त ताम्राकार र सैलुनका प्रोपराइटर तथा हेयर डिजाइनर साम परीले संयुतरुपमा केक काटेका थिए । सोका इभेन्ट म्यानेजर तथा कोरियोग्राफर डिजे ललितको कोरियोग्राफिमा आयोजित शोमा क्रिएटिभ हेयर स्टाइल, चाइल्ड हेयर, स्पोर्टस हेयर स्टाइल, मेल एण्ड फिमेल हेयर एण्ड ड्रेस सो, व्राइडल हेयर, विजनेस वुमन अन स्टेज सिक्वेन्समा धरानका मोडलहरुले र्याम वक गरेका थिए ।

IMG_0193 copy

सोमा क्रियटिभ हेयर सिक्वेन्स उपस्थित दर्शकहरुको लागि विशेष रह्यो । क्रियटिभ हेयरमा सैलुनले क्रियशन गरेको विभिन्न प्रकारको हेयर डिजाइनमा मोडलहरु र्याम्पमा उत्रिएका थिए । उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन दिलाउनका लागि हाम्रो डान्स सेन्टरको नृत्य प्रस्तुती, धरान फिटनेस क्लव, झुनाज फिटनेस र एनिटाइम फिटनेसले जुम्वा फिटनेस नृत्य प्रस्तुत गरेका छन् । सैलुनले आप्mनो स्थपना दिनको अवसरमा धरान १ स्थित पुनस्थपना केन्द्रका असहायहरुलाई खाना समेत खुवाएको थियो ।

तस्विर सौजन्य: विकास चाम्लिङ राई

IMG_0034 copy

IMG_0054 copy

IMG_0125 copy

IMG_0223 copy

IMG_0103 copy

IMG_0261 copy

IMG_0305 copy

IMG_0289 copy

IMG_0392 copy