काठमाडौँ: लायन्स क्लव अफ काठमाडौँ क्रियटिभ युथको आयोजनामा पहिलो पटक मिस्टर एण्ड मिसेस लायन्स आयोजना हुने भएको छ ।

नेपालमा रहेका ३३ हजार लायन्स माँझ मात्र नभएर विश्वभरीको लायन्स माझ आफूलाई चिनाउने यो राम्रो अवसर भएको कार्यक्रमको उत्पादक तथा निर्देशक लायन गनिका गुरुङले बताएकी छन् । कार्यक्रमको लागि आगामी १६ गतेबाट काठमाडौँ, विराटनगर, इटहरी, धरान र बुटवल सहरहरुमा अडिसन सुरु हुनेछ । पाँच सहरबाट करिब २ सय ५० जना लायन सदस्यहरुले उक्त अडिसनमा सहभागिता जनाउने अपेक्षा रहेको गुरुङले बताईन ।

कार्यक्रमका विजेताहरुलाई हंगकंग भ्रमणसहित एक लाख नगद, म्युजिक भिडियोको लागि अवसर, ब्राण्ड एम्बेसेडर टाईटल, लाईभ अन्तरवार्तालगायत पुरस्कार दिइने आयोजकको भनाई छ । लायन्स क्लवका सदस्यहरुले मात्र यो प्रतिष्पर्धामा सहभागी हुन पाउनेछन ।