धरान : बगरकोट धरानको चर्चित पर्यटकीय क्षेत्र हो । धरानमा रात्री बजारको अवधारणा औपचारिकरुपमा लागु भइ नसकेपनि धरान १५ स्थित बगरकोट रात्री बजारकोरुपमा स्थापित हुदै गइसकेको छ ।
यही बगरकोटमा थुप्रै लाउञ्ज एण्ड बार, रेष्टुरेष्टहरु सञ्चालनमा छ । त्यसैमध्येको एक हो, एमएच विविक्यु हाउस । एमएचले चाड तिहारको अवसर पारेर शनिवार एमएच टुवर्ग दिपावली साँझ कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा चर्चित धराने गायक डिल्ली फोम्बो, द विमोक्स व्याण्डको प्रस्तुती रहेको थियो । उनले आफ्नो माइली, सेकमाङ्ग, रातकी रानी , चिटिक्क र सम्बन्ध बोलका गीतसहित करिव २२ वटा गीत गाएर मनोरञ्जन गराएका थिए ।
एमएचको आफ्नै हलमा आयोजित टुवर्ग दिपावली साँझमा धरान संगीत प्रतिष्ठानका सदस्यसमेत रहेका किरण श्रेष्ठले पनि आफ्नो प्रस्तुती दिएका थिए । स्थानीय कलाकारहरुलाई प्रोत्साहन तथा व्यवसायिक बनाउन सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एमएचका प्रोपराइटर जीवन लिम्वुले बताए । यस्तो बिशेष कार्यक्रमहरुको आयोजनाबाहेक पनि हरेक साँझ स्थानीय कलाकारहरुको प्रस्तुती र डिजे सेसन रहने पनि उनले जानकारी दिए ।

IMG_7167

तस्बिर सौजन्य : विकास चाम्लिङ