विराटनगर : प्रहरीले आइतबार राती मोरङको विराटनगर र सुनसरीको इटहरीबाट नगद सहित ११ जुवाडेलाई पक्राउ गरेको छ । बिराटनगर महानगरपालिका १६ स्थित गोपाल यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । बिशेष सुराकीको आधारमा राती २ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले नगद २८ हजार ३ सय ५६ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा घरधनी गोपाल यादव, बिराटनगर १६ बस्ने बर्ष ५४ को सुरेश प्रसाद मण्डल, बर्ष ४० को राजकिशोर यादव, बर्ष १८ को सोनु तत्मा, बर्ष ५१ को बिष्णु कुमार अर्जेल, बर्ष २८ को नबिन महतो, बर्ष १८ को रोहित दास र बर्ष ४८ को ज्ञानेन्द्र कार्कीलाई रहेका छन् । उनीहरुलाई २ बुङ ताससहित आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
यसैगरी, ईटहरी उपमहानगरपालिका २० स्थित कबिता भट्टराईको घरमा जुवा खेलिरहेको अवस्थामा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा राती सवा १२ बजे इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सोही स्थान बस्ने बर्ष ३७ को अशोक बस्नेत, बर्ष २८ को महेन्द्र खड्का र बर्ष ४६ को नेत्र बहादुर कार्की रहेका छन् । उनीहरुलाई ७ थान कौडा र नगद १५ हजार २५ रुपैयाँ सहित पकाउ गरिको हो । पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय ईटहरीमा राखिएको छ ।