धरान: २० औं छिमेकी साँझ सोमबार भव्यरुपमा सम्पन्न भएको छ । धरान १२ स्थित चतरालाइनमा छिमेकी साँझसँगै आयोजित गायन प्रतियोगिता छिमेकी राइजिङ स्टारको उपाधि धरान १६ की समिता लिम्बूले जितिन् ।

छिमेकी साँझलाई फरक तरिकाले आयोजना गर्ने क्रममा आयोजक छिमेकी युवा समुहले यसपटक गायन प्रतियोगिता पनि आयोजना गरेको थियो । जसमा ६ प्रतियोगी अडिशन चरणबाट पार गर्दै फाइनल पुगेका थिए । उनीहरुलाई सोमबार छिमेकी साँझ कार्यक्रममा प्रतिस्पर्धा गराइएको थियो । ‘शान्ति लुकाउ कहाँ...’बोलको गीत गाएकी समिताले पहिलो छिमेकी राइजिङ स्टारको उपाधि जितिन् । उनले नगद २५ हजारसँगै ट्रफी जितिन् । उनलाई संस्थाका संरक्षण किसोर राई, अध्यक्ष राजेन्द्र राई, कार्यक्रम संयोजक सरोज भटराईलगायतले पुरस्कार दिएका थिए । प्रतियोगिताको निर्णायककोरुपमा भानु थापा, मनोहर थापा र राजु थापा थिए ।

S5460089 copy


कार्यक्रममा चर्चित गायिका मेलिना राईले चाहना मेरो.., तिमीले बाटो फेर्यौ अरे.., गोजीमा दाम छैन...लगायत चर्चित गीतहरु गाएकी थिइन् भने शिव लामिछानेले पुरानो माया.., मेरो देश..लगायत आफ्नो चर्चित गीतहरु प्रस्तुत गरेका थिए । यस्तै, गायिका प्रश्ना शाक्यले आवाज देउ.., गाउले जीवन..लगायत गीत गाएर भरपुर मनोरञ्जन दिलाए । यसैगरी, कमेडी फिल्म मोटे, मोटी, मोटेका कलाकारहरु समीर बराइली र बिमु राईले पनि हाँस्य नृत्य प्रस्तुत गरेका थिए ।

हरेक बर्ष आयोजना हुदै आएको छिमेकी साँझ विगत ३ बर्षदेखि भने हुन सकेको थिएन । यो बर्ष पृथक शैलीमा युवा प्रतिभाहरुलाई अवसर दिएर सुचारु गरिएको उनले बताए । धरानभरिका करिब ७० युवा प्रतिभाहरुमध्येबाट ६ जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए । राइजिङ स्टारको लागि छनौट भएका प्रतिभाहरुमा धरान ८ की प्रिया तामाङ, धरान १७ की इसा तामाङ, धरान १६ की समिता लिम्बू, धरान १ की भरोसा सुवेदी, बराहक्षेत्र १ की गोमा कुलुङ र धरान १७ का दिपेश इसारा राईले आफ्नो गायन प्रतिभा प्रस्तुत गरे । कार्यक्रममा २०३५ सालमा छिमेकी ११ फुटबल टिमबाट त्रिभुवन कप विजेता खेलाडीद्धय विरु राई र कुमार सुब्बालाई पनि सम्मान गरिएका थियो ।

S5460019 copy