मलेसिया : शुक्रबारदेखि मलेसियामा आयोजना भइरहेको "इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८"मा नेपालको तर्फबाट भाग लिएका फेसन डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले आफ्नो डिजाइनका बिभिन्न पोशाकहरु प्रस्तुत गरेका छन् ।  फेशन विकका मलेसियन, तमिल र चाईनिज मोडलहरुले डिजाइनरद्वयले तयार पारेका २० वटा बिभिन्न नेपाली र पश्चिमी फ्युजन गरिएका डिजाइनहरु २ वटा सिक्वेन्समा प्रस्तुत गरेका थिए । दुबै सिक्वेन्समा मोडलहरुले र्याम्प नापेपछि नेपाली डिजाइनको प्रसस्त तारिफ भएको थियो ।

3 copy
मलेसियाको पेरेक स्टेटको आइपीओएच शहरको होटल सेरुनमा भब्य रुपमा आयोजित इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ मा नेपाल फेशन डिजाइनर संघ र नेपाल फेशन फेडेरेसनको सक्रियतामा सेन्ट्रल फेशन हब, ललितपुर बाट भर्खरै फेशन डिजाइनिंङ कोर्ष सकाएका डिजाइनरद्वय दिपा तिवारी र सुष्मिता आलेले भाग लिने मौका पाएका हुन् ।
फेडेरेसनको तर्फ़बाट अध्यक्ष्य नबिन लुइँटेल, प्रोमोटर दिपक न्यौपाने र कानुनी सल्लाहकार राजन ढुंगेलको सहभागिता रहेको शुक्रबारको उद्घाटन शोमा नेपाल संगै मलेसिया, सिंगापुर, चिन र भारतको डिजाइनरहरुको सहभागिता रहेको थियो ।

4 copy
भव्यरुपमा आयोजित कार्यकर्ममा मलेसियाका बिभिन्न सरकारी प्रतिनिधिहरु संगै मलेसियाका राजपरिवारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
स्थानीय पेरेक पर्यटन केन्द्रको सहयोगमा लुइस सेबासटेन र आडेलडे खानको आयोजनामा शुक्रबार नोवेम्बर ९ देखि सुरुभएको इन्टरनेसनल आइ पी ओ एच फेशन विक २०१८ नोवेम्बर ११ सम्म आयोजना हुनेछ।
समापनको दिन समेत नेपालको तर्फ़ बाट डिजाइनहरु प्रस्तुत गरिने जानकारी फेशन फेडेरेसनको अध्यक्ष्य नबिन लुइँटेलले बताउनुभयो ।

1 copy